बुधबार, १२ बैशाख २०८१

प्रदेश ७

न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर, ११ जेठ (रासस)  स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको...बाँकी अंश →


डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा, ११ जेठ (रासस)  डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका...बाँकी अंश →


सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन

धनगढी, ९ जेठ (रासस)  गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । यहाँ आज आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु...बाँकी अंश →


नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नुपर्नेमा अध्यक्ष यादवको जोड

कैलाली, ८ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले नीति तथा कार्यक्रमका बारेमा कुरा गर्दै हिँड्ने...बाँकी अंश →


लगानीकर्ताको सुरक्षा ग्यारेन्टीका लागि प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

लाली, ७ जेठ (रासस) प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताउनुभएको छ । आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्रोत्साहनसहितको लगानीको व्यवस्थाका लागि प्रदेश सरकार...बाँकी अंश →


गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

धनगढी, ७ जेठ (रासस) प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा, ७ जेठ (रासस)  बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा...बाँकी अंश →


बजेटका नीति सिद्धान्त, उद्देश्य, प्राथमिकतासम्बन्धी प्रस्ताव पारित

धनगढी, ६ जेठ (रासस)  प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (करप्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आब २०७५÷०७६ को बजेटको नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (कर प्रस्तावबाहेक)को बजेटसम्बन्धी...बाँकी अंश →


‘काँग्रेस रुपान्तरणको बाटोमा’

बैतडी, ५ जेठ (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको बताउनुभएको छ । नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ भन्नुभयो ।...बाँकी अंश →


किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ (रासस)  नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ । नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर...बाँकी अंश →


छुवाछुतको घटनामा मिलापत्र

धनगढी, ५ जेठ (रासस) कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र...बाँकी अंश →


केरा खेतीमा रु दश लाखको क्षति

कञ्चनपुर, ४ जेठ (रासस) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter