कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने...बाँकी अंश →
( मुन्ना समसुल हक़ ) २५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ । विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका...बाँकी अंश →
काठमाडौँ – नेपाली युवालाई मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन्। उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा...बाँकी अंश →
२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित...बाँकी अंश →
काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, ...बाँकी अंश →
बिष्णु घिमिरे। साउदी अरेबिया : विश्व भर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको असर साउदी अरेबियामा पनि कम हुँदै गएको छ। दैनिक संक्रमित संख्य भन्दा निको हुने संख्या बढ्दो छ। हालसम्म कोरोनाबाट २ लाख १३ हजार ४ सय ९० निको भएका छन् भने २ लाख ६० हजार ३ सय ९० संक्रमित रहेका...बाँकी अंश →
काठमाडौँ- सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहेक अन्य मुलुकबाट आउने नेपाली नागरिकले हवाई उडान र होटेल क्वारेन्टिनलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने निर्णय गरेको छ। पहिलो चरणमा करिव २५ हजार नेपालीलाई स्वदेश ल्याउने बताउँदै आएको सरकारले उनीहरुलाई कहिलेसम्म फर्काउने भन्नेबारे मिति निर्धारण गर्न नसकिरहेका बेला विदेशबाट आउनेहरुले व्यहोर्नुपर्ने खर्चबारे निर्णय...बाँकी अंश →
काठमाडौँ-सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम वैदेशिक रोजगारीमा रहेका लाखौं युवाका बारेमा मौन सबेको छ। कोरोना भाइरसबाट मानव स्वास्थ्यमा ठूलो असर पुगेको र यसले अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गरिए पनि विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी गुमाइन स्वदेश फर्किन सक्ने संभावनालाई पुरै नजरअन्दाज गरेको छ। नेपालबाट अहिले ४०...बाँकी अंश →
काठमाडौँ – कोरोना भाइरसको महामारीबीच वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको सरकारले अनुमान गरेको छ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले तयारी गरिरहेको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको देशव्यापी लकडाउनका कारण विदेशमा रोजगारसहित विभिन्न काममा रहेका नेपाली फर्कन पाएका छैनन्। सरकारले वैदेशिक रोजगारीका मुख्य गन्तव्य...बाँकी अंश →
काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना लागेका...बाँकी अंश →
काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् । उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन्...बाँकी अंश →
काठमाडौँ- बंगलादेशको रंगपुरस्थित एक मेडिकल कलेजमा अध्ययनरत नेपाली छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याएका छन्। काठमाडौँकी ती युवतीलाई बुद्ध एयरमार्फत मंगलबार नेपाल ल्याइएको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बुद्ध एयरको जहाजले विरामीलाई नेपाल ल्याएको जानकारी दिए। ‘आफन्तले सिकिस्त विरामी भएको भन्दै विमान चार्टर्ड गरेर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: