शुक्रबार, ०७ बैशाख २०८१

समाचार

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

रमेश लम्साल/रासस काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी...बाँकी अंश →


ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना...बाँकी अंश →


आगामी वर्षको बजेट सीमा १८ खर्ब, तीन वर्षमा साढे २४ खर्ब पु-याउने लक्ष्य

काठमाडौँ, ६ फागुन : आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा...बाँकी अंश →


लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

देउखुरी (दाङ) ६ फागुन: लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि...बाँकी अंश →


प्रचण्डले पोखे कांग्रेससँग असन्तुष्टि, जनयुद्ध मनाएरै छाड्ने घोषणा

काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसप्रति असन्तुष्टि देखाएका छन्।  पार्टीको सोमबारको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले कांग्रेससँगको सहकार्य लाभदायक नभएको भन्दैे असन्तुटि व्यक्त गरेका हुन्। गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग...बाँकी अंश →


दुईदिने पवित्र कुरान वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न

काठमाडौँ- साउदी अरबको इस्लामिक मामिला मन्त्रालयको आर्थिक सहयोग र मुस्लिम आयोग नेपाल तथा काठमाडौंस्थित साउदी दूतावासको संयुक्त सुपरिवेक्षणमा दुईदिने अखिल नेपाल कुरान वाचन प्रतियोगिता  २०८० माघ २७र २८गते शनिबार र आइतबार मेरियट होटल काठमाडौंमा भव्यता का साथ सम्पन्न भएको छ।प्रतियोगिताको पहिलो दिन उद्घाटन कार्यक्रममा  काठमाडौंस्थित साउदी अरेबियाका राजदूत उस्ताद साद...बाँकी अंश →


आजपाको मधेस बन्दः १०४ जना पक्राउ

जनकपुरधाम – प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेका छन्। बिहीबार बिहानैदेखि बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाबाट रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।...बाँकी अंश →


गुल्मीकी मनिषा जिसीले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,...बाँकी अंश →


प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री...बाँकी अंश →


काठमाडौँमा साउदी भिसा सेवा केन्द्र “तशीर” को उद्घाटन

काठमाडौँ- नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत श्री साद बिन नासेर अबु हैमदले साउदी कम्पनीको भिसा सेवा केन्द्र "तशीर" को मुख्यालयको उद्घाटन गर्नुभयो। भिसा र ट्राभल सोलुसनका लागि कार्यक्रममा नेपालका परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेल, दूतावासको कन्सुलर शाखा प्रमुख श्री मन्सुर अल्मनसुर , साउदी परराष्ट्र मन्त्रालयका भिसा सेवा केन्द्रका...बाँकी अंश →


चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो

बेइजिङ, २४ पुस (रासस÷सिन्ह्वा) – चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको रेल क्षेत्रमा लगानी...बाँकी अंश →


मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

झापा, २४ पुस : पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter