शुक्रबार, २३ साउन २०७७

पत्रपत्रिकाबाट

काठमाडौं कार्यालय भ्रष्टाचारमा चुर्लुम्म

काठमाडौं । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको पाइएको छ । केन्द्रीय राजधानी रहेको उपत्यकाको पुनर्निर्माण, विस्तार विकास र योजनाबद्ध भौतिक संरचना तयार गर्ने जिम्मेवारी पाएको निकायको शाखा अनियमिततामा डुबेको पाइएको हो ।  पछिल्लो एक प्रतिवेदनअनुसार यो कार्यालय विकास निर्माणको योजनामा भन्दा अनियमिततामा योजनाबद्ध...बाँकी अंश →


तीन संवैधानिक निकाय प्रमुखविहीन

शरद शर्मा काठमाडौं । प्रमुख विहीन भएका सरकारका तीन महत्वपूर्ण संवैधानिक निकाय अझै केही महिना नेतृत्वविहीन हुने भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत र राष्ट्रिय महिला आयोग प्रमुख विहीन हँुदा काम–कारबाहीसमेत प्रभावित बनेको छ । ती निकायमा रिक्त रहेका प्रमुख नियुक्ती हुन अझै कम्तिमा दुई महिना लाग्ने...बाँकी अंश →


विदेशका बन्दी कामदारको मुद्दा सरकारले लड्ने

मधुजंग पाण्डे / काठमाडौं वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकका जेलमा परेर कानुनी उपचार नपाएका नेपाली कामदारको मुद्दा अब सरकारले नै लड्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गई विभिन्न कारणले जेलमा थुनिएर कानुनी उपचार नपाइरहेका निर्दोष नेपाली कामदारको पक्षमा सरकारले मुद्दा लड्ने जानकारी दिए...बाँकी अंश →


बहसमा सांसद विकास कोष,नीति बनाउने कि बाजा किन्ने ?

सविन शर्मा / काठमाडौं संघीय मुलुकको नीतिनियम बनाउने प्रमुख जिम्मेवारीसहित निर्वाचित भएका सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा विगतको भन्दा बढी रकम माग गरिरहेका छन् । निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएको १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका सांसदले आफूअनुकूलको योजना कार्यान्वयन गर्न बजेट माग गरिरहेका छन् । तर, अर्थविद्हरू भने कानुन...बाँकी अंश →


आयल निगम जग्गा खरिद प्रकरण, कानुनविपरीत खरिद १७ गुणा बढी मूल्य

प्रेमबहादुर चन्द / काठमाडौं इन्धन भण्डारण गृह निर्माणका लागि नेपाल आयल निगमले खरिद गरेको जग्गा नियमविपरीत रहेको महालेखा परीक्षण कार्यालयको निष्कर्ष रहेको छ । ९० दिनका लागि पुग्ने गरी इन्धन भण्डारण गृह निर्माण गर्न निगमले झापा, चितवन, सर्लाही र रुपन्देहीमा खरिद गरेको जग्गा कानुनसम्मत नरहेको महालेखा परीक्षणको कार्यालयको निष्कर्ष रहेको...बाँकी अंश →


१९ वर्षपछि मेलम्ची सपना पूरा , दसैंमा मेलम्चीको पानी राजधानीवासीको धारामा

दिनेश थापा / सिन्धुपाल्चोक बहुचर्चित मेलम्चीको पानी अब छिट्टै नै राजधानीवासीले पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्षपछि अब राजधानीवासीले मेलम्चीको पानी खान पाउने भएका हुन् । आयोजनाको मुख्य सुरुङमार्गको काम सकिए लगतै अबको केही महिनाभित्र मेलम्चीको पानी राजधानीवासीको घरघरमा पुग्नेछ । खानेपानी आयोजनाको मुख्य...बाँकी अंश →


साउदी गएका राई जेल परेपछि परिवारको बिचल्ली

इलाम । पुरानो हुँदै गरेको घरमा सात दशक पूरा गरेका सासुससुरा, डेढ वर्षीय छोरा र पाँच वर्षीया छोरीसहितको परिवारको बोझ छ दक्षिणी इलामको माई नगरपालिका–४ दानाबारीकी ३० वर्षीया सरिता राईलाई । बिहान–बेलुकाको छाक टार्न त समस्या छ नै, परिवारका कोही सदस्य बिरामी पर्दा सबैभन्दा बढी समस्या हुने बताउँछिन् सरिता ।...बाँकी अंश →


तीनै राप्रपाले त्यागे राजतन्त्र

काठमाडौं । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका तीन वटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको अडान त्यागेको छ । अबको नेपालमा कुनै पनि प्रकारको राजसंस्थाको औचित्य नरहेको निचोडमा तीन वटै राप्रपा पुगेका हुन् । पार्टी एकताको लागि गृहकार्यमा जुटेका पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका राप्रपाले एकताको...बाँकी अंश →


यातायातको सिन्डिकेटविरुद्ध कठोर बन्दैे सरकार

भक्तपुर । लामो समयदेखि सडकमा एकाधिकार जमाउँदै आएका यातायात व्यवसायीका लागि सरकार कडा रूपमा प्रस्तुत भएको छ । व्यवसायीको सिन्डिकेटविरुद्ध सरकारले रुट परमिट खारेज गर्ने सम्मको तयारी गरेपछि भक्तपुर, बनेपा, धुलिखेल र पनौतीसम्मको एकाधिकार तोडिएको छ । सरकारले यो कदमलाई तत्कालै देशभर बिस्तार गर्नसके ठूलै राहत हुने सर्वसाधारणको विश्वास छ...बाँकी अंश →


तीन विषयमा अड्कियो वाम एकता घोषणा

टुंगो लाग्न बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र...बाँकी अंश →


१८ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ।  अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ। त्रिभुवन विमानस्थलबाहेक अहिले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भइरहेको छ, पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। यी दुईमध्ये १८ महिनापछि गौतम बुद्ध विमानस्थलबाट...बाँकी अंश →


अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चार सय उडान, आकाशमै ट्राफिक जाम

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ ।   सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter