शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ, २५ वैशाख (रासस) ः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा...बाँकी अंश →


वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौँ, २५ वैशाख (रासस) ः श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा...बाँकी अंश →


कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता...बाँकी अंश →


धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

बिराटनगर: हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ। देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो । गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई...बाँकी अंश →


अन्तरसरकारी वित्त परिषद्को बैठक सम्पन्न

काठमाडौँ, २४ वैशाख (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठक बसेको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शंकर पोखरेलसहित सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिव...बाँकी अंश →


छुवाछूतविरुद्धको ऐन प्रभावकारी कार्यान्वयन भएन

काठमाडौँ, २४ वैशाख (रासस)ः छुवाछूत र भेदभावविरुद्ध कानून बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको एउटा अध्ययनले देखाएको छ । ऐनको कार्यान्वयन अवस्था पहिचान गर्न समता फाउन्डेशनले १० जिल्लालाई आधार बनाएर गरिएको अध्ययनमा ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो । जातीय भेवभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ जारी...बाँकी अंश →


कृषिमा सरकारको लगानी मात्र पर्याप्त हुँदैन ः मन्त्री तामाङ

काठमाडौँ, २४ वैशाख (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कृषिमा सरकारको लगानी मात्र पर्याप्त नहुने बताउनुभएको छ । बहुउद्देश्यीय एकीकृत कृषि परियोजना, सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालका युवा स्वदेशभित्रै बसेर कृषिको काम गरे नेपाल आत्मनिर्भर बन्न सक्छ, देशभित्रै उनीहरुका लागि रोजगारीको अवसर प्राप्त...बाँकी अंश →


यातायात मन्त्रालय र व्यवसायीबीच एकाधिकार अन्त्य गर्न पाँचबुँदे सहमति

काठमाडौँ, २४ वैशाख (रासस) ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री...बाँकी अंश →


सरकारको अभियानमा साथ दिन युवालाई गृहमन्त्रीको आग्रह’

काठमाडौँ, २४ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ । आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर,...बाँकी अंश →


अब पत्रकारको तलब बैंक खाताबाट मात्र ः राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, २४ वैशाख (रासस) ः सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा...बाँकी अंश →


तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

रुकुम, २४ वैशाख : जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भन्नुभयो, “प्रत्येक...बाँकी अंश →


सबै बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियान ः प्रधानमन्त्री ओली

काठमाडौँ, २४ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो । तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter