शनिबार, ०८ बैशाख २०८१

राष्ट्रिय

प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ २५ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको क्रममा आफूले पहिलो दिनको भेटमै भारतीय समकक्षीसँग सुझाएको मितिमै उहाँको नेपाल भ्रमण हुन लागेको जानकारी गराउनुभएको प्रधानमन्त्रीको निजी सविचालयले जनाएको...बाँकी अंश →


प्रविधिमैत्री पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौँ, २५ वैशाख (रासस) ः युवा उद्यमी तथा व्यवसायीले मुलुकको समग्र पर्यटन क्षेत्रको विकास तथा सुधारका लागि पूर्वाधार विकास र सेवा विविधीकरणमा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको अन्तक्र्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवद्र्धनात्मक अभियानका साथ पर्यटकीय उत्पादनलाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याए । साथै,...बाँकी अंश →


पुस्तकालयलाई जग्गा उपलब्ध गराउन पहल गर्छु – अध्यक्ष दाहाल

काठमाडौँ, २५ वैशाख (रासस) ः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । पुस्तकालयको वार्षिक साधारणसभालाई आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सो आश्वासन दिनुभएको हो । “सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन मेरोतर्फबाट पहल हुन्छ”,...बाँकी अंश →


अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई पक्राउ

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७ शान्तिद्वीपस्थित भोलाराज गौतमको घरमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै गरेको अवस्थामा भारतीय नागरिक विवेक...बाँकी अंश →


सन्दर्भ ः ६६औँ कानून दिवस – कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी

काठमाडौँ, २५ वैशाख (रासस) ः कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन...बाँकी अंश →


बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन ः वरिष्ठ नेता पौडेल

पोखरा, २५ वैशाख (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय...बाँकी अंश →


धानको दुई जात विकसित

काठमाडौँ, २५ वैशाख (रासस) ः तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा...बाँकी अंश →


भूपू गोर्खा सैनिकका माग सम्बोधन हुँदै

काठमाडौँ, २५ वैशाख (रासस)ःगोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा...बाँकी अंश →


भूउपयोग नीति बनाउन सुझाव

काठमाडौँ, २५ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिनुभएको छ । । सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । संघीय संसद्मा...बाँकी अंश →


राष्ट्रियसभा मातहत चार समिति

काठमाडौँ २५ वैशाख (रासस) ः राष्ट्रियसभामा चार समिति रहने व्यवस्थासहितको राष्ट्रियसभा नियमावली, २०७५ मस्यौदा गरिएको छ । मस्यौदा राष्ट्रियसभाको बैठकमा पेश गरिएको छ । सोमबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले उक्त मस्यौदा पेश गर्नुभएको हो । नियमावली मस्यौदानुसार राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन,...बाँकी अंश →


वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, २५ वैशाख (रासस) ः वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ । वैदेशिक रोजगार नियमावली,...बाँकी अंश →


धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन, २५ वैशाख (रासस) ः भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter