बिहिबार, १३ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गर्नुभएको छ । ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर तेस्रो मुलुकभन्दा उत्तर र...बाँकी अंश →


अमेरिका र उत्तर कोरियाको शिखर सम्मेलन इन्डोनेसिया गर्न आह्वान

जाकर्ता, १७ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ । शिखर सम्मेलनका लागि आवश्यक सम्पुर्ण व्यवस्था गर्न आफ्नो देश तयार रहेको इन्डोनेसियाको भनाई छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा...बाँकी अंश →


फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता, १७ वैशाख (रासस÷एएफपी) ः फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । विवादास्पद...बाँकी अंश →


सिरियामा चारजना टर्किस् सैनिक मारिए

अङ्कारा, १७ वैशाख (रासस÷सिन्ह्वा) ः उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा चार जना टर्किस् सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् । उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी चारजना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ । सो...बाँकी अंश →


इरानका कारणले मध्यपूर्वमा अस्थिरता

रियाद, १७ वैशाख (रासस÷एएफपी) ः संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इरानका कारणले मध्यपूर्वका केही देशहरुमा अस्थिरता उत्पन्न भएको आरोप लगाउनुभएको छ । उहाँले इरानले नै यस्तो अस्थिरता गराउने प्रयासहरू गरेको भन्दै इरानको विरोध गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्यपूर्वको तीन दिने भ्रमणका क्रममा शनिबार साउदी अरबको राजधानी...बाँकी अंश →


चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ, १७ वैशाख (रासस÷सिन्ह्वा) ः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको...बाँकी अंश →


‘प्यालेष्टिनी समूह ट्रम्पद्वारा प्रस्तुत कुनै सम्झौतामा सहभागी नहुने’

रामल्लाह, १६ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) का महासचिव साहिब एरेकातले आइतबार बताउनुभएको छ । प्यालेष्टिनी रेडियो भ्वाइस अफ प्यालेष्टाइनसँग अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेका समय एरेकातले गरेको कुराकानीमा...बाँकी अंश →


इराकद्वारा १९ रूसी महिलालाई जन्मकैद

बग्दाद, इराक, १६ वैशाख (रासस÷एएफपी) ः इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ । उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो । बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले...बाँकी अंश →


उमेश यादबको ब्लड मनिका लागि कतारबाट सफल व्यवसायी अब्दुल बासिदको एक लाख सहयोग

काठमाण्डौँ : उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता...बाँकी अंश →


उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने, अमेरिकी विज्ञलाई समेत आमन्त्रण

सोल, १६ वैशाख (रासस÷एएफपी) ः उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् । सो जानकारी उहाँले हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिनुभएको...बाँकी अंश →


अफगानिस्तानमा नौ प्रहरी र दुई बालबालिकासहित १२ मारिए

काबुल, १६ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् । बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना...बाँकी अंश →


आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १६ वैशाख (रासस÷सिन्ह्वा÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter