बुधबार, १२ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख (रासस÷सिन्ह्वा) ः प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको...बाँकी अंश →


पत्रकारका हत्यारालाई आजीवन जेल सजाय

मुम्बइ, १९ वैशाख (रासस÷एएफपी) ः भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो । अपराधसम्बन्धी विषयमा पत्रकारिता गर्दै मिड...बाँकी अंश →


इरानमा भूकम्प, ८४ जना घाइते

तेहरान, १९ वैशाख (रासस÷सिन्ह्वा) ः इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान १०.३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् । यस भूकम्प ५.२ म्याग्नीच्युड मापन गरिएको र मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।...बाँकी अंश →


लिबियाको निर्वाचन आयोगमा भएको आक्रमणमा चौधको मृत्यु

त्रिपोली, १९ वैशाख (रासस÷एएफपी÷सिन्ह्वा) ः लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको छ । आक्रमणबाट...बाँकी अंश →


अफगानिस्तानमा बढ्यो हिंसा विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा पत्रकार परे हिंसामा

कान्दाहार, अफगानिस्तान, १९ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले मङ्गलबार रातभर गरेको हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् । केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमलाका घटनामा बृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको...बाँकी अंश →


अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख (रासस) ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । हासाकाहमै शनिबार राति पनि सैनिक...बाँकी अंश →


शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख (रासस÷सिन्ह्वा) ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ । अन्तर्राष्ट्रिय समुदायको...बाँकी अंश →


राष्ट्रसंघ प्रतिनिधिद्वारा रोहिंज्या समस्याबारे छानवीन गर्न म्यानमारलाई आग्रह

पित, म्यान्मार, १८ वैशाख (रासस÷एएफपी) ः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । उक्त राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनाबाट स्थितिलाई नियन्त्रणमा लिने शिलशिलामा उक्त समुदायका लाखौँ नागरिक विस्थापित हुनेगरी बलको प्रयोग भएको भन्ने आरोपबारे...बाँकी अंश →


श्रीलङ्काली राष्ट्रपतिद्वारा मन्त्रीमण्डलमा नयाँ अनुहार

कोलोम्बो, श्रीलङ्का, १८ वैशाख (रासस÷सिन्ह्वा) ः श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रीमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोक्नुभएको छ । श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र प्रधानमन्त्री रनिल विक्रेमासिङ्गेको यूनाइटेड नेशनल पार्टी (यूएनपी) बीच महिनौँ लामो विवादपछि राष्ट्रपतिले सरकारमा नेतृत्व गर्ने मन्त्रीहरूलाई परिवर्तन...बाँकी अंश →


आणविक बिषयमा नेतन्याहु एक ‘ धोखेवाज’ भएको इरानको भनाई

तेहरान, इरान, १८ वैशाख (रासस÷एएफपी) ः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘धोखेवाज’ भएको इरानले मङ्गलबार बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक महत्वकाङक्षाबारे लगाएको आरोप ‘मिथ्या,पूरानो, काम नलाग्ने र लाजमर्दो’ भनाई भएको दावी गर्नुभयो । नेतन्याहुको आलोचना निराश तथा कुख्यात झुटले...बाँकी अंश →


दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

सोल, १८ वैशाख (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको...बाँकी अंश →


सुरक्षा परिषद्को टोलीद्वारा सूकीसँग भेट

म्यानमार, १७ वैशाख (रासस÷एएफपी) ः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ । म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै भन्दा उच्चतहको भेटवार्ता हो । म्यानमारको राखिनेमा मुस्लीम धर्म मान्ने रोहिङ्ज्या समुदाय र बहुसङ्ख्यक वुद्धमार्गी समुदायबीच भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter