बिहिबार, १५ चैत २०८०

मनोरन्जन

हिज्जे प्रतियोगिता हुने

ललितपुर, १८ भदौ  महालक्ष्मी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता विकास गर्न अङ्ग्रेजी भाषाको हिज्जे प्रतियोगिता हुने भएको छ । यही भदौ २३ र २४ गते नगरपालिका वडा नं ६ भित्र सञ्चालित नेपाल डनबस्को स्कुल लूभूमा सो प्रतियोगिता आयोजना हुन लागेको नगरपालिका शिक्षा शाखा प्रंमुख रामबन्दु सुवेदीले जानकारी दिनुभयो । दुईदिने...बाँकी अंश →


‘बर्मा’मा तीज

काठमाडौँ, १७ भदौ  म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड...बाँकी अंश →


लाखेनाच संरक्षणका लागि पहल

दमौली, १७ भदौ  लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच...बाँकी अंश →


पशुपतिनाथमा दर्शनार्थीको भिड

काठमाडौँ, १६ भदौ  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न...बाँकी अंश →


तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

दाङ, १२ भदौ  नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या...बाँकी अंश →


पाँचथरमा शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम

फिदिम, १२ भदौ    किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने...बाँकी अंश →


ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुर, १० भदौ   पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी...बाँकी अंश →


मौलिक लयमा फर्किदै तीज

भद्रपुर, १० भदौ  अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले...बाँकी अंश →


आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु...बाँकी अंश →


गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

भद्रपुर, २ साउन  ,,  ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो । सो गाउँपालिकामा...बाँकी अंश →


छलिया र हुड्के नाचको माग बढ्दो

डोटी, १ साउन  ,,  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा...बाँकी अंश →


पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

बेझाड, १ साउन ,,  प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter