शुक्रबार, १६ चैत २०८०

शिक्षा

लोगो विश्वविद्यालयको अध्यापन निजीको

काठमाडौँ, ५ कात्तिक    त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करीब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ । त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिनुभयो । निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि...बाँकी अंश →


सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

सुर्खेत, ३ कात्तिक  सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन्...बाँकी अंश →


लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

हेटौँडा, २९ असोज  प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

लहान, २८ असोज    विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो...बाँकी अंश →


चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ ।...बाँकी अंश →


सङ्घीयता अध्ययन केन्द्र स्थापना

काठमाडौैँ, १६ असोज  परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । केन्द्रले नेपालमा संघीयता कार्यान्वयनका विविध पक्षमा अध्ययन–अनुसन्धान...बाँकी अंश →


चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी...बाँकी अंश →


बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

बेझाड ९पाल्पा०, १३ असोज  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो । शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित...बाँकी अंश →


जनप्रतिनिधिको सहयोग विद्यालयलाई

गलकोट, १३ असोज  बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा...बाँकी अंश →


स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ ः उपराष्ट्रपति पुन

चितवन, १० असोज  उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताउनुभयो । “नागरिकलाई स्वस्थ बनाउन...बाँकी अंश →


पुनःपरीक्षा गराइयो

गुल्मी, १० असोज  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर...बाँकी अंश →


बर्दिवास शैक्षिक केन्द्र बन्दै

महोत्तरी, ९ असोज  महोत्तरीको बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुराले गति लिएसँगै यस क्षेत्रमा उत्साह थपिएको छ । उच्च शिक्षामा एकपछि अर्को अवसरको सम्भावना बढ्दै गएपछि बर्दिवास अब शैक्षिक केन्द्र बन्ने कुराले यहाँका सर्वसाधारणमा उत्साह छाएको हो । गत वैशाखमा कार्यालय स्थापना भएको बर्दिवास मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter