मङ्गलबार, ०६ चैत २०८०

शिक्षा

गुल्मीकी मनिषा जिसीले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,...बाँकी अंश →


नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा सांसदहरुको जोड

काठमाडौं–सांसदहरुले नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै अधिकाश सांसदहरुले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु नभएको र सरकारले भएका विश्व विद्यालयहरुको अवस्था सुधार गर्न नसकेको बेलामा नयाँ विश्वविद्यालय खोल्न अनुमति दिनु उचित नहुनेमा जोड दिएका...बाँकी अंश →


विश्वमा सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिविले गर्‍यो गिनिज बुकमा दाबी

काठमाडौँ – विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै छ। त्यस क्रममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन्। त्रिविका रजिष्टार पेशल दाहालका अनुसार दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी...बाँकी अंश →


विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, ३ असोज : काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका...बाँकी अंश →


स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने त्रिविको तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ। परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले यस्तो तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए। ‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा...बाँकी अंश →


एसईईको नतिजा सार्वजनिक, एसईईका कुन जीपीए ल्याउने कति?

काठमाडौं- एसईईको बिहीबार प्रकाशित नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ छ। त्यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२...बाँकी अंश →


माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको...बाँकी अंश →


पत्रकारिता तथा आमसञ्चारको केन्द्रिय भवन निर्माणमा अझै एक वर्ष लाग्ने

शमशाद आदिल मंसिर  ३ गते / त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको लागि काठमाडौंको बल्खू स्थित निर्माणको क्रममा रहेको भवन अझै एक वर्ष पछि मात्र सम्पन्न हुने भएको छ । २०७६ साल माघ ९ गते तत्कालीन अर्थ मन्त्री डा. युवराज ख़तिवडा द्वारा शिल्यांस गरिएको भवन तीन वर्षमा सम्पन्न हुनुपर्ने...बाँकी अंश →


आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे...बाँकी अंश →


एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट...बाँकी अंश →


खुल्न थाले विद्यालय, यसरी पढाइँदैछ विद्यार्थी

काठमाडौँ– कोरोना कहरले बन्द भएका विद्यालय क्रमश: खुल्न थालेका छन् । बजारी क्षेत्रमा अनलाइनमा आधारित कक्षा सञ्चालन गरिएपनि सबै विद्यार्थीको पहुँच नपुग्दा अनलाइनबाट गरिने पठनपाठन प्रभावकारी भएको थिएन् । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय सञ्चालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत सञ्चालन...बाँकी अंश →


झलनाथ र माधव नेपाललाई प्रचण्डले भने- मैले कुनै सहमति गरेको छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्। आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्। बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए। प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter