शनिबार, ०८ बैशाख २०८१

आर्थिक

पाँच लाख रोजगारी सिर्जना हुन्छ ः पूर्वमन्त्री कोइराला

काठमाडौँ, २३ जेठ (रासस) ः पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले...बाँकी अंश →


इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

दुबई, संयुक्त अरब इमिरेट्स, २२ जेठ (रासस÷एएफपी) ः इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ । पूँजी विश्लेषकहरूको...बाँकी अंश →


सरकारको बजेट सकारात्मकः उद्योग व्यापार संगठन

काठमाडौँ, २० जेठ (रासस) ः नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले कृषि, वनजन्य एवं दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगलाई प्रश्रय दिने गरी ल्याइएको आगामी आवको बजेट सकारात्मक भएको बताइएको छ । संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गाडी, घरजग्गा खरिद बिक्री, मदिरा, सूर्तीजन्य वस्तुलाई निरुत्साहित र उत्पादनमूलक क्षेत्रमा आएको...बाँकी अंश →


‘समाजवाद निर्माणको प्रमुख आधार बजेट’

काठमाडौँ, २० जेठ ९रासस० ः सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी आवमा बजेट...बाँकी अंश →


नेपालमा आर्थिक विकास हुनेमा विश्वास

काठमाडौँ, १८ जेठ (रासस) ः बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल अब आर्थिक विकासको बाटामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवस २०७५ का उपलक्ष्यमा बहराइनवासी सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि एवं विभिन्न कम्पनीमा कार्यरत नेपालीको उपस्थितिमा राजदूतावासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय...बाँकी अंश →


‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत

काठमाडौँ, १८ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार दुई तिहाइ बहुमतको भए पनि आर्थिक अनुशासनभित्र रहेर चल्ने बताउनुभएको छ । राष्ट्रियसभामा आव २०७५÷७६ को आयव्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत र सजग छ भन्नुभयो ।...बाँकी अंश →


सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि

काठमाडौँ, १८ जेठ (रासस) ः प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गर्नुभयो । प्रदेशमा थोरैमात्र व्यवस्था गरिएको बजेटले संघीयतालाई आत्मसात् गर्न...बाँकी अंश →


अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

काठमाडौँ, १८ जेठ ९रासस० ः अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख...बाँकी अंश →


आर्थिक कूटनीतिमा गरिने सुधारले देश विकास हुने

काठमाडौँ, १६ जेठ (रासस) ःसरकारले आर्थिक कूटनीतिमा गर्न लागेको सुधार प्रक्रिया तथा लगानी वृद्धिले स्वदेशी वस्तुको विदेशमा व्यापार विस्तार हुनाका साथै स्वदेशमा वैदेशिक लगानीका लागि राम्रो वातावरण सिर्जना हुने ठहर कूटनीतिक अध्ययन संस्था नेपालले गरेको छ । संघका महासचिव डा दीपेन्द्र रोकायले संघीय आव २०७५÷७६ को प्रस्तुत गरेको बजेटमा सरकारले...बाँकी अंश →


स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

काठमाडौँ, १६ जेठ (रासस)ः सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने...बाँकी अंश →


शेयर बजार: नौ अंकले घट्यो

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार...बाँकी अंश →


आर्थिक वृद्धि आठ प्रतिशत हुने अपेक्षा

काठमाडौँ, १५ जेठ(रासस) ः सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट)मा हालसम्मकै महत्वाकाक्षी आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको हो । चालु आर्थिक वर्षमा सरकारले पाँच दशमलव नौ प्रतिशत आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter