शनिबार, ०८ बैशाख २०८१

आर्थिक

कृषिमन्त्री भुसाल भन्छन् : म खराव ऋणी हुँ

७ मंसिर, बुटवल नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा जोडिएकाले कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको उनले भनाइ छ । मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना...बाँकी अंश →


सिङ्गो गाउँ व्यावसायिक कृषिमा

तम्घास, ७ कात्तिक  गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत...बाँकी अंश →


जडीबुटी खेती गर्ने किसान निराश

भीमदत्तनगर, ७ कात्तिक  जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ । “अघिल्ला वर्षहरुमा दशैँ,...बाँकी अंश →


अब भोकै बस्नु पर्दैन…

काठमाडौँ, ६ कात्तिक  सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक...बाँकी अंश →


प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै

खस्यौली, ६ कात्तिक  प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य...बाँकी अंश →


अविवाहित महिलाले भत्ता पाउने

डोटी, ६ कात्तिक  जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका...बाँकी अंश →


जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →


रगत भण्डारणका लागि उपकरण सहयोग

गलकोट, ३ कात्तिक  रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ । बागलुङ...बाँकी अंश →


किसानलाई धान भित्र्याउने चटारो

धनगढी, २९ असोज    कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ...बाँकी अंश →


किसानलाई गरिमा पछि फौजी कीराको चिन्ता

चितवन, २९ असोज  थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पु¥याएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाइएको धानमा फौजी कीरा देखा परेको हो ।...बाँकी अंश →


आगलागीबाट क्षति

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →


आगलागीबाट पाँच लाख बराबरको क्षति

सप्तरी, २९ असोज  सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताउनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter