शुक्रबार, १६ चैत २०८०

ब्यापार

कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख शाह द्वारा उद्घघाटन

कपिलवस्तु कार्तिक २९ कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्। देश विदेश बाट आएका का पर्यटक हरुको नास्ता खाना र हुक्का बार को सुविधा दिनको लागि आज कृष्णनगर मा रहेको राघवेन्द्र काम्पलेक्स मा "दा...बाँकी अंश →


विद्युतीय बस खरीदबारे टुङ्गो लागेन

काठमाडौँ, ८ कात्तिक  यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा...बाँकी अंश →


पालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडौँ, ७ कात्तिक    नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि...बाँकी अंश →


विदेश जान छाडेर च्याउ खेतीमा

बनेपा, ७ कात्तिक  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको...बाँकी अंश →


मादलको व्यापार घट्दो

खाँदबारी, ७ कात्तिक    सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ । तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने...बाँकी अंश →


फूलको व्यापार बढ्यो

वीरगञ्ज, कात्तिक ७    भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको...बाँकी अंश →


मौरी चराउन नदिएको भन्दै विरोध

भरतपुर, ७ कात्तिक  चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए...बाँकी अंश →


सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

बाजुरा, ७ कात्तिक  कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी...बाँकी अंश →


गाँजाखेती नष्ट

काठमाडौँ, ६ कात्तिक  स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

इनरुवा, ६ कात्तिक  सुनसरी देवानगञ्ज गाउँपालिका–४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गर्नुभएको छ । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दाकोबी र तीन कट्ठा जग्गामा मुला लगाउनुभएकोे छ । मेहताले करीब रु एक लाख ५० हजारको लागतमा तरकारी खेती गर्नुभयो । उहाँ...बाँकी अंश →


कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

घोराही, ६ कात्तिक    दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको...बाँकी अंश →


बाँकेमा बङ्गुरपालन व्यवसाय असफल

बाँके, ६ कात्तिक    जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र बङ्गुर फार्म थिए । पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालय केन्द्रीय बङ्गुर कुखुरा प्रवद्र्धन कार्यालयले ‘बङ्गुर सुधार कार्यक्रम’ (राष्ट्रिय अभियान) सञ्चालन गरेको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter