बिहिबार, १५ चैत २०८०

श्रम तथा रोजगार

विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालबाट हुने

सरकारले विदेश जाने व्यक्तिहरूको कोरोनाभाइरस परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्। यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यसअघि जुनसुकै...बाँकी अंश →


बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →


वैदेशिक रोजगारीबाट फर्किने लाखौं युवाबारे नीति कार्यक्रम मौन

काठमाडौँ-सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम वैदेशिक रोजगारीमा रहेका लाखौं युवाका बारेमा मौन सबेको छ। कोरोना भाइरसबाट मानव स्वास्थ्यमा ठूलो असर पुगेको र यसले अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गरिए पनि विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी गुमाइन स्वदेश फर्किन सक्ने संभावनालाई पुरै नजरअन्दाज गरेको छ। नेपालबाट अहिले ४०...बाँकी अंश →


एकबाट अर्को जिल्ला जान नपाइने, गृहले रद्द गरिदियो सबै पास

गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ। जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो। गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको...बाँकी अंश →


संकटमा खाडी रोजगारी: कुन देशबाट कति नेपाली फर्कन सक्छन् ?

काठमाडौँ – कोरोना भाइरसको महामारीबीच वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको सरकारले अनुमान गरेको छ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले तयारी गरिरहेको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको देशव्यापी लकडाउनका कारण  विदेशमा रोजगारसहित विभिन्न काममा रहेका नेपाली फर्कन पाएका छैनन्। सरकारले वैदेशिक रोजगारीका मुख्य गन्तव्य...बाँकी अंश →


समय तालिकाका आधारमा भोलिदेखि काठमाडौंमा गाडी गुड्ने

काठमाडौं ।  भोलिदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै भोलिदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह...बाँकी अंश →


बहराइनमा २ सय ५४ नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना लागेका...बाँकी अंश →


खाड़ीमा अलपत्र नेपाली श्रमिक भन्छन्, ‘हाम्रो आवाज सरकारले कहिले सुन्ने ?’यूएई स्थित नेपाली दूतावासमा श्रमिकहरुले दिए धर्ना

काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् । उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन्...बाँकी अंश →


कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौँ, ६ कात्तिक  नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको...बाँकी अंश →


पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

गलेश्वर, २९ असोज    म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा...बाँकी अंश →


एक्काइस महीनापछि पुल सञ्चालन तर कामदारले पाएन ज्याला

खोटाङ, २७ भदौ  खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्...बाँकी अंश →


कोटेश्वरका यातायात मजदूरलाई पोशाक

काठमाडौँ, २६ भदौ  कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter