बुधबार, ०५ कार्तिक २०७७

धर्म / संस्कृति

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

भक्तपुर, २९ भदौ  गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो...बाँकी अंश →


पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

ललितपुर, २७ भदौ  वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुल्क चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९...बाँकी अंश →


रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

काठमाडौँ, २६ भदौ  रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →


इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै

काठमाडौँ, २६ भदौ    इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।...बाँकी अंश →


कोसेली महोत्सव गरिने

विराटनगर, २५ भदौ  दशैँलाई ध्यान राखेर घरलु तथा कुटिर उद्योगद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न यहाँ आगामी असोज १० देखि १४ गतेसम्म कोसेली महोत्सव गरिने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ महिला उद्यम समिति, उद्योग सङ्गठन मोरङ र नेपाल युवा उद्यमी...बाँकी अंश →


हनुमानढोकामा लिङ्गो ठड्याइयो ः इन्द्रजात्रा शुरु

काठमाडौँ, २४ भदौ  यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा ९यँया० शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ ९लिङ्गो० तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको...बाँकी अंश →


हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

बाँके, २४ भदौ    मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् । बाँकेमा...बाँकी अंश →


मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

कपिलवस्तु, २४ भदौ  मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै...बाँकी अंश →


फिजियोथेरापी दिवसमा निःशुल्क शिविर

चिप्लेढुङ्गा, २३ भदौ    विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो । शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो । शिविर...बाँकी अंश →


छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

हेटौँडा, २२ भदौ  लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा...बाँकी अंश →


ऐतिहासिक मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा

दमौली, २२ भदौ  तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि शुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आगामी महीनाको फूलपातीको दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर...बाँकी अंश →


कागेश्वरीमा भक्तजनको भीड

काठमाडौँ, २० भदौ  भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter