शुक्रबार, ०७ बैशाख २०८१

बाढीपहिरोमा कहाँ-कहाँ के क्षति भयो?

२ असार २०७८, बुधबार १९:११ मा प्रकाशित

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार भएको छ।

सिन्धुपाल्चोकमा करिब ५ सय जना विस्थापित भएको पनि प्रहरीले जानकारी गराएको छ।

बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ जना, कास्कीमा १ जना, सिन्धुपाल्चोक १ जना र डोटीमा १ जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला छन् ।
बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जना र जाजरकोटमा ७ जना गरी १४ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी जम्मा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ पुरुष र २ किशोरी रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी(पश्चिम) लगायतका स्थानहरुमा पहिरोले अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएको प्रहरी तथ्यांक छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter