बिहिबार, १५ चैत २०८०

भारतकाे एक अस्पतालमा ‘नियत बस’ अक्सिजनको आपूर्ति बन्द गरिँदा २२ जनाको मृत्यु

२५ जेष्ठ २०७८, मंगलवार १५:१९ मा प्रकाशित

आगरा- भारत उत्तर प्रदेशको आगरास्थित पारस अस्पतालमा ‘नियत बस’ अक्सिजनको आपूर्ति पाँच मिनेटसम्म बन्द गरिँदा कोरोना भाइरसबाट संक्रमित भइ उपचाररत २२ जनाको ज्यान गएको खबर भारतीय सञ्चारमाध्यममा आएका छन्।

उपचाररत संक्रमितहरुलाई अक्सिजन रोक्दा कतिबेर बाँच्न सक्छन् भन्ने हेर्नका लागि आपूर्ति बन्द गरिएको भन्ने अस्पताल सञ्चालकको भिडियो अहिले भाइरल भएको छ।

अक्सिजनको आपूर्ति यसरी नियतबस रोकिँदा २२ जना बिरामीको ज्यान गएको खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको छ।

भिडियोमा ती अस्पताल सञ्चालकले भनेका छन्, ‘अस्तपालबाट बिरामीलाई डिस्चार्ज गर्नका लागि पाँच मिनेटसम्म अक्सिजनको आपूर्ति रोकिएको थियो।’ यसलाई भिडियोमा ‘मक ड्रिल’ भनिएको छ।

आगराको पारस अस्पतालमा अप्रिल २६  र २७ मा अक्सिजनको अभावका कारण २२ जनाको ज्यान गएको थियो। भिडियो भाइरल हुनु पूर्व त्यहि बेला नै बिरामीका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै विरोध गरेका थिए।

तर अस्पताल र प्रहरीले सो आरोप खारेज गरेको थियो। अहिले भिडियो सार्वजनिक भएसँगै अक्सिजनको आपूर्ति रोकिएकै कारण बिरामीको ज्यान गएको भन्दै निष्पक्ष छानबिनको माग चौतर्फी रुपमा हुँदै आएको छ।

उत्तर प्रदेशका स्वास्थ्य मन्त्री जय प्रताप सिंहले समाचार संस्था एएनआईसँग पारस अस्पतालमा अक्सिजनको आपूर्तिलाई लिएर गुनासो आएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter