बिहिबार, १५ चैत २०८०

विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान

१६ जेष्ठ २०७८, आईतवार २१:१५ मा प्रकाशित

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो ।

नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो ।

नेपाल आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहँदा विश्वकप खेल्ने सम्भावना लगभग न्यून देखिन्छ।

नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter