बुधबार, १२ बैशाख २०८१

नेकपा आम हड्तालः चलेका छैनन् सार्वजनिक सवारी, ट्याक्सीमा आगजानी, विद्यार्थी र मजदुरलाई सास्ती

२२ माघ २०७७, बिहीबार १२:२२ मा प्रकाशित

काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् ।

काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन ।

तर परीक्षा दिनु जानु पर्ने विद्यार्थी तथा मजदुरहरु भने काममा निस्केका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।

नेकपा (प्रचण्ड–नेपाल खेमा) ले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबार आम हड्ताल गरेको हो ।

हड्ताल गर्नेहरुलाई नियन्त्रणमा लिन तथा शहरको अवस्था सामान्य पार्नका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर पनि आंशिक रुपमा बन्दको प्रभाव परेको छ ।

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो ।

आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।

आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। आज प्रहरीले क्विक रेस्पोन्स टिम बनाएको छ। साविकको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter