शुक्रबार, ०७ बैशाख २०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

१८ मंसिर २०७७, बिहीबार १४:१७ मा प्रकाशित

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।

बलुच समुदायका जमालीले पूर्वराष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter