शुक्रबार, ०७ बैशाख २०८१

चीनमा विकास गरिएको खोपको नतिजा सकारात्मक

३ मंसिर २०७७, बुधबार १५:१२ मा प्रकाशित

चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको अनुसन्धानकर्ताले बताएका छन् ।

चीनमा कोरोना भाइरस विरुद्ध धेरै खोपहरु विकास भइरहेका छन्, त्यसमध्ये केही सीमित वा आकश्मिक प्रयोगका लागि स्वीकृत पाइसकेका छन् ।

सिनोभाक बायोटेकले विकास गरेको खोपले झण्डै ७०० जनामा गरिएको परीक्षणमा सकारात्मक देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

खोपले प्रतिरक्षा प्रणाली विकास गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

फाइजर तथा मोदेर्नाले विकास गरेका खोप अन्तिम चरणको परीक्षणमा प्रभावकारी देखिएका बेला चीनमा विकास गरिएको अर्को खोपको मध्य तहको वा दोस्रो चरणको परीक्षणमा सकारात्मक नतिजा आएको हो ।

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत तथा मोदेर्नाको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter