बिहिबार, १५ चैत २०८०

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट

२१ कार्तिक २०७७, शुक्रबार १६:५७ मा प्रकाशित

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता हुनेछन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत समाधान हुने विश्वास ब्यक्त गरेकोसमेत उल्लेख गरेका छन् । ।

भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललगायतको सहभागिता रहेको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । बिहीबार नै सेनाध्यक्ष नरवणेले प्रधानसेनापति पूर्णचन्द थापासँग भेटवार्ता गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter