बिहिबार, १३ बैशाख २०८१

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै

३० आश्विन २०७७, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले खुलातर्फ दुई हजार आठ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कक्षा आठ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter