शुक्रबार, ०७ बैशाख २०८१

कृष्णनगरमा टुर एण्ड ट्रवल्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२४ आश्विन २०७७, शनिबार २२:१५ मा प्रकाशित

कृष्णनगर, असाेज २४

कृष्णनगर टुर एण्ड ट्रवल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था प्रतिनिधि, संचारकर्मी तथा कृष्णनगर टुर एण्ड ट्रवल्सका पदाधिकारी लगायतले आफ्नाे शुभकामना मन्तव्य राखेका थिए । दुवै देशमा विद्यमान राजनितिक, समाजिक, संस्कृतिक सम्बन्धलाई नियाल्दै वक्ताहरुले टुर एण्ड ट्रवल्स सेवाका माध्यमले पनि आपसी सम्बन्धमा मजबुती आउने बताएका छन ।
कार्यक्रममा भारत सिद्धार्थनगरका भाजपा युवा माेर्चा अध्यक्ष राजु शाही, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, जसपा प्रदेश पाँच प्रवक्ता अकरम पठान,पि.आर .सी .का भुमिराज भट्टराई , आफन्त नेपालका केसर विश्वकर्मा लगायतकाे उपस्थित थियाे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter