बिहिबार, १५ चैत २०८०

भारत हाथरस घटना : उच्च अदालतले आफै लियो केस, प्रहरीले गर्‍याे बलात्कार नभएको दाबी

१६ आश्विन २०७७, शुक्रबार १५:११ मा प्रकाशित

लखनऊ- भारतको इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले हाथरसमा दलित युवतीको कथित सामूहिक बलात्कार घटनामा स्वतः संज्ञान लिँदै उत्तर प्रदेशको सरकारलाई नोटिस पठाएको छ।

यो घटनाका विषयमा अक्टुबर १२ मा हाईकोर्टमा सुनवाई हुनेछ।

अदालतले गृह सचिव, डिजिपी, एडिशनल डिजिपी र हाथरसका डिएमलाई सुनवाईमा उपस्थित हुन निर्देशन दिनुका साथै पीडित परिवारका सदस्यलाई पनि उपस्थित हुन भनेको छ।

यसअघि उत्तर प्रदेशका एडिजी प्रशान्त कुमारले फरेन्सिक रिपोर्टमा ती युवतीमाथि बलात्कार नभएको प्रमाणित भएको बताएका थिए। साथै उनले मृत्युको कारण घाँटीमा देखिएको चोट रहेको बताएका थिए।

उनले संकलन गरिएको नमुनामा शुक्राणु–स्पर्म नपाइएको बताएका थिए। ‘यसबाट स्पष्ट हुन्छ कि जातीय दंगा भड्काउन एक समूह लागि परेको छ’, उनले भनेका थिए ।

तर विपक्षी कांग्रेससहित पीडित परिवार र स्थानीय बासिन्दाहरुले बलात्कार घटनालाई सरकारले ढाकछोप गरेको भन्दै प्रदर्शनमा छन्।

प्रहरीको दाबीको जवाफ दिँदै कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले भनेकी छन्, ‘एलडीजी (ल एण्ड अडर) ले अति घिनलाग्दो कुरा गरेको छ । उनीहरु भन्छन् कि बलात्कार भएन किनकी विर्य भेटिएन । अतिकति कानून बारे जानकारी दिउँ, धारा ३७५ को सन् २०१३ मा संशोधन भयो । सर्वोच्च अदालतले उत्तर प्रदेश भर्सेस बाबुनाथ १९९४ मुद्दामा स्पष्ट भनेको छ कि विर्य नभेटिनु वा लिंगको पेनेट्रेशन नहुनु बलात्कार नभएको होइन, कोशिश गर्नु पनि बलात्कार हो ।’

पीडितका दाइले प्रहरीले आफूहरुलाई सम्पूर्ण कागजात नदिएको बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter