बिहिबार, १५ चैत २०८०

विरोध प्रदर्शनका क्रममा संविधान जलाइएपछि धनुषाको सबैलामा प्रहरीको लाठीचार्ज

३ आश्विन २०७७, शनिबार २१:२४ मा प्रकाशित

जनकपुरधाम– संविधान दिवसको अवसरमा जनकपुरधाममा केही युवाहरुले संविधान जलाएका छन्। शनिबार संविधान दिवसको अवसरमा जनकपुरधाममा कोहीले संविधान दिवस मनाएका छन् भने केहीले ‘कालो दिन’ मनाएका छन्।

मधेशवादी दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधान जारी भएपछि प्रत्येक वर्ष तराई मधेशका जिल्लामा कालो दिवस मनाउँदै आएका छन्।

 

यसवर्ष भने जनकपुरधाममा संविधान दिवस र कालो दिवस दुवै मनाइएको छ। केही युवाले संविधान दिवस मनाएका छन् भने केही युवा कालो दिवस मनाउँदै संशोधन गर्नुपर्ने भन्दै संविधान धारा जलाएका छन्। जनकपुरधाममा यान (युथ एशोसिएसन अफ नेपाल) तथा टिएमएनसीका युवाहरुले जनक चोकमा संविधानको विरोध गर्दै संविधान संशोधन गर्नुपर्ने धारा उपधारालाई जलाएको यानका अध्यक्ष राहुल यादवले बताए।

 

यता धनुषाको सबैलामा केही स्थानीयहरुले संविधान दिवसको विरोध गर्दै संविधान जनाउनै लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ। सबैलाको ईलाका प्रहरी कार्यालयको थुनाभित्रै केही महिना अगाडी ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा स्थानीयहरुले संविधान जलाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीय शम्भु पण्डितले बताए।

 

स्थानीयहरुलाई संविधान जलाउनेहरुलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको सबैला ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन्। घटनामा चोटपटक कसैलाई नलागेको उनले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter