शुक्रबार, ०७ बैशाख २०८१

कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुग्यो

१ आश्विन २०७७, बिहीबार २१:४४ मा प्रकाशित

जनकपुरधाम-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ।

भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ।

जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो।
लामो समय देखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछी स्थानीय उत्साहित भएका छन्।

झण्डै दुई वर्ष देखि रेल आउने भनेपनि आएको थिएन तर अब जयनगर सम्म रेल आइसकेकोले अब रेल संचालनमा आउने स्थानीय विश्वस्त भएका छन्।

रेल विभागले रेल संचालनको लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारीको माग गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter