बिहिबार, ०६ बैशाख २०८१

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५(२१ सितम्बर) गतेदेखि खुल्ने

२९ भाद्र २०७७, सोमबार २२:५४ मा प्रकाशित

काठमाडौँ – सरकारले लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गत चैत महिनादेखि कोरोना महामारीका कारण रोक लगाउँदै आएको लामो दूरी र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि भदौ २५ गतेदेखि छोटो दूरीको यातायात जोर बिजोर प्रणालीअनुसार खुला गरेको थियो।

सरकारले चैत ११ गतेदेखि कोरोना भाइरसको रोकथामका लागि लक डाउन गर्दा सार्वजनिक यातायात प्रभावित भएको थियो।

वामदेव राष्ट्रियसभामा

बैठकले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ। सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा गौतमलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए। पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्।

सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन।

यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter