शनिबार, ०८ बैशाख २०८१

नेकपाले महाधिवशेन केन्द्रित काम अघि बढायो, नयाँले संगठित सदस्यता नपाउने

२८ भाद्र २०७७, आईतवार २०:१४ मा प्रकाशित

काठमाडौँ – स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ।

पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको हो।

विभागका प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराइमा बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने सर्कुल जारी गरेको छ।

विभागका सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार दुई पार्टीका एकता हुँदा कामय रहेका संगठित सदस्यहरुको नविकरण र अद्यावधिक गर्न तीन महिने कार्यतालिका बनाइएको जानकारी दिए।

ढकालका अनुसार नविकरण हुने भए पनि महाधिवशेन अघि कुनै नयाँ व्यक्तिले नेकपाको सदस्यता दिइने छैन। उनले भने, ‘अहिलेलाई हामीले अध्यावधिक र नविकरण मात्र गर्ने निर्णय गरेका छौं। अरु पार्टीबाट आएकाहरुलाई संगठित सदस्यता दिने निर्णय हुन्छ। तर नयाँका लागि महाधिवेशन अघि हुँदैन।’

नेकपामा तत्कालीन एमालेको पाँच लाख र माओवादी केन्द्रतर्फ तीन लाख गरी आठ लाख पार्टी संगठित सदस्यता भएको दाबी गरिँदै आएको छ।

तर एमालेतर्फको विवरण केही हदसम्म व्यवस्थित भए पनि माओवादीतर्फका पार्टी सदस्यको विवरण एकिन छैन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter