शनिबार, ०८ बैशाख २०८१

काठमाडौँ उपत्यकामा भोलिदेखि सवारी साधन र पसल-व्यवसाय खुला, अरु के के भयो निर्णयहरु ?

२४ भाद्र २०७७, बुधबार २२:५५ मा प्रकाशित

काठमाडौँ- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए।

काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ।

त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ। बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter