शुक्रबार, ०७ बैशाख २०८१

राष्ट्रियसभामा वामदेवलाई मनोनित गर्ने नेकपा सचिवालय बैठकको निर्णय

१८ भाद्र २०७७, बिहीबार २१:४६ मा प्रकाशित

काठमाडौँ – सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ।

उनी संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार गत फागुन २० गते अर्थमन्त्री नियुक्त भएका थिए।

सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता  श्रेष्ठले बताए।

प्रतिवेदनअनुसार सरकार र पार्टीका अघि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वयले बैठकमा पेश गर्ने जिम्मेवारी दिएको छ। प्रवक्ता श्रेष्ठले अब नेकपा महाधिवेशमा केन्द्रित हुने जानकारी दिए।

त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter