बिहिबार, १३ बैशाख २०८१

लामो दुरी र छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने सरकारको निर्णय

१४ भाद्र २०७७, आईतवार २२:२० मा प्रकाशित

काठमाडौँ- सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। लकडाउन सुरु भएको साढे ३ महिनापछि   सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारी साधन सन्चालन गर्ने निर्णय गरेको थियो। तर आफ्ना माग संबोधन नभएको भन्दै यातायात व्यवशायीले तत्काल सेवा सुचारु गरेका थिएनन्।

माग संबोधन भएपछि उनिहरु साउन ७ गतेदेखि यातायात सन्चालन सुचारु गर्न सहमत भएका थिए। तर सरकारले लामो दुरीका सवारी सन्चालनमा भदौ १ गतेसम्म रोक लगायो। साउन ६ गते अन्त्य भएको लकडाउनपछि काठमाडौंसहित देशभर कोरोना संक्रमित बढेपछि सरकारले लामो दुरीका सवारी साधन सन्चालन भदौ १५ गतेसम्म रोक लगाएको थियो।

तर भदौको पहिलो सातादेखि काठमाडौं उपत्यकामा छोटो दुरीका सवारी साधन सन्चानलमा समेत रोक लगाएर पुर्णरुपमा निषेधाज्ञा लागु गरिएको छ। सरकारले शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान भने बुधबारदेखि सुरु गर्दै छ, सिमित देशमा सिमित उडान संख्यासहित। मन्त्रि परिषद्को आइतबारको बैठकले  हङकङमा उदयबहादुर रानामगर, ल्हासामा नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त पनि गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter