मङ्गलबार, ११ बैशाख २०८१

ठाउँ पाउनै मुश्किल काठमाडौँ बन्दै छ ‘टु–लेट’ शहर

बर्षा शाह

११ भाद्र २०७७, बिहीबार २२:०६ मा प्रकाशित

काठमाडौँ– काठमाडौँ धेरैको सपनाको शहर हो। तर अहिले यो शहरलाई कहरले छोपेको छ। चैत ११ गतेदेखि देशैभरी लकडाउन भएपछि सपना देखेर काठमाडौँ आएका धेरै आफ्नो गाउँ फिरे। कोभिड १९ को प्रकोप कम भएन र गाउँ फिरेकालाई शहर फर्कने उचित वातावरण बनेन।

कोभिड १९ को प्रकोपले राजधानीलाई रित्ताएको छ, त्यसैले कुनै बेला बस्ने कोठा र पसल खोल्ने सटर पाउन धौ धौ हुने काठमाडौँमा कोभिड १९ को कहरसँगै अहिले ‘टु –लेटका तुलहरु देख्न थालिएको छ। ठूलो भवनको झ्याल नजिक, खम्बामा ‘टु–लेट’ लेखिएको बोर्ड, अनि पोस्टरहरु देखिएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter