बिहिबार, १३ बैशाख २०८१

गौतम बुद्ध महान् भारतीय हुन्: विदेश मन्त्री जयशंकर

२५ श्रावण २०७७, आईतवार १५:०८ मा प्रकाशित

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय  भएको बताएका छन्।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा  गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन्।

अन्तर्क्रियाका क्रमा प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई अघि राख्ने नेतृत्व भारतीय  विदेश नीतिमा छ? भनेर सोधेका थिए।

जवाफ जयशंकरले आफूले कार्टरभन्दा झन् राम्रो उदाहरण आफूले दिने बताए।

‘म हाम्रै इतिहासबाट दुई उदाहरण दिन चाहन्छु। अहिलेसम्मका दुई जना महान भारतीय को हुन्? जसलाई तपाईं सम्झन सक्नुहुन्छ?,’  जयशंकरले भने,‘म भन्छु, एक जना गौतम बुद्ध हुन्। र अर्का महात्मा गान्धी हुन्। उनीहरू तपाईं हामीजस्ता भारतीयले सम्झने भारतीयमात्र होइनन् बरू संसारले सम्झने महान् भारतीय हुन्। अहिले पनि भगवान् बुद्ध र महात्मा गान्धीका गुण धेरैले सम्झिन्छन्।’

नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीयहरूले यसअघि पनि बेलाबेलामा आफ्नो भएको दाबी गर्दै आएका छन्।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्ध भूमि भएको बताएका थिए।

बुद्धप्रति भारतीय पक्षबाट हुने यस्तो दाबीको नेपालमा विरोध हुँदै आएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter