शनिबार, ०८ बैशाख २०८१

जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

२१ श्रावण २०७७, बुधबार १५:०४ मा प्रकाशित

पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ।

उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुनेछन्।

नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्।

तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो। उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन्।

आजको बैठकले वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशा स्पष्ट गर्दै पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्न बनाउने पार्टीका नेता महेन्द्र श्रेष्ठले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter