बिहिबार, ०६ बैशाख २०८१

साउदीमा कोरोना भाइरसबाट निको हुने संख्या २ लाख नाघ्यो/साउदीमा कोरोनाबाट ३५ भन्दा बढी नेपालीको मृत्यु

१८ श्रावण २०७७, आईतवार १८:१९ मा प्रकाशित

बिष्णु घिमिरे। साउदी अरेबिया : विश्व भर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको असर साउदी अरेबियामा पनि कम हुँदै गएको  छ। दैनिक संक्रमित संख्य भन्दा  निको  हुने संख्या  बढ्दो  छ।

हालसम्म  कोरोनाबाट २ लाख १३ हजार ४ सय ९० निको भएका छन् भने २ लाख ६० हजार ३ सय ९० संक्रमित रहेका छन्। साउदीमा २ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ।

रोयल डच एलाइन्स के ल म ले  आगामी २८ सेप्टेम्बरबाट  हप्तामा ४ वटा नियमित  उडान गर्ने  गरी साउदीको रियाद र दमाम विमानस्थलाई समावेश  गरेको छ। कोरोना भाइरसलाई मध्यनजर गर्दै साउदी सरकारले पूर्ण रुपमा लकडाउन हटाए पनि हालसम्म अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छैन।

स्वदेश फर्कन ३०  हजार नेपालीले भरे फारम

कोरोना भाइरसको प्रभावबाट अलपत्र परेका र स्वदेश फिर्ताका लागी हालसम्म दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले १५ हजार २ सय  ३३ जनाको नामावली सार्वजनिक गरेको छ। जसमा ५ हजारभन्दा बढी चार्डर उडानबाट स्वदेश फिर्ता हुनुको साथै ६७ भन्दा धेरै मृतकको शवसमेत पठाइसकेको छ।

स्वदेश फिर्ताका लागी हालसम्म दुतावास रियाद र वाणिज्य दुतावास जेद्धामा गरी लगभग ३०  हजार नेपाली अनलाइन तथा टेलिफोनमा सम्पर्क गरेर फारम भरेका छन्। हालसम्म  कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका नेपालीका लागी दूतावास सहयोगमा ४ सय २१  जनालाई साउदी सरकारले बहिर्गमन भिषा जारिीगरेको छ।

कोरोना भाइरस तथा विभिन्न  कारणले साउदीमा कार्यरत अलपत्र परेका नेपालीलाई सहयोगी  गर्ने  हातहरू बढ्दो छन्। नेपाली जनसम्पर्क समिति साउदी अरेबियाले ३५  जना , प्रवासी नेपाली एकता मंच २० ,एन आर एन ४ सय ,अन्तर संस्था समन्वय समिति साउदी अरेबियाले ३५  पीडित  नेपालीलाई एक महिनाको लागि खाद्यान्न सहयोग र अलपत्र परेका नेपालीलाई स्वदेश फिर्तामासमेत सहयोग गरेका छन्।

साउदीमा कोरोना भाइरसको प्रभावबाट साना तथा मझौला कम्पनीहरू बन्दै  हुँदै गएको अवस्था छ  र कयौँ कामदार बिना पारिश्रमिक बस्नु  परेको अवस्थामा आफ्नै खर्चमा समेत स्वदेश फिर्ता  हुन समस्या  व्यहोर्नु परेको  देखिन्छ। सरकारले  चार्टर उडानबाट  अलपत्र परेका नेपाली स्वदेश फिर्ता ल्याउने  भनेपनि  उडान समय  ढिलो हुने , व्यवस्थापनमा  कमी, साबिक हवाई टिकट मूल्यभन्दा  बढि रकम तिर्नुपर्ने समस्या रहेको उनीहरुले गुनासो गरेका छन्।

कोभिड १९ भाइरसबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ। ४ हजारभन्दा बढी संक्रमित भएका छन्।

साउदीमा केही दिनदेखि कोरोनाबाट मृत्यु  हुनेको संख्या  बढ्दो छ। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले साउदीमा कार्यरत अप्रवासीमा कोरोना संक्रमण बढ्दो रहेकाले साउदी  सरकारले दिएको निर्देशन पालना गरी सुरक्षित रूपमा रहन आग्रहसमेत गर्दै आएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter