बिहिबार, ०६ बैशाख २०८१

साउदी अरबका राजा अस्पताल भर्ना

६ श्रावण २०७७, मंगलवार २१:१८ मा प्रकाशित

पित्ताशय सुन्निएपछि ८४ वर्षीय राजा सलमानलाई रियादस्थित किङ्ग्स फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको राज्यको समाचार संस्था एसपिएले जनाएकाे छ।

सन् २०१५ यता अमेरिकासँग राम्रो सम्बन्ध बनाउन उनले भूमिका निर्वाह गरेका थिए। याे बाहेक थप जानकारी भने दिइएको छैन।

राजा सलमानले सन् २०१५ देखि साउदीको राजगद्दी सम्हालेका थिए। राजा हुनुअघि उनी ५० वर्ष सम्म रियादका गभर्नर थिए।

उनी बिरामी भएको समाचार बाहिरिएपछि इराकका प्रधानमन्त्री मुस्तफा अल कधिमीले साउदीको भ्रमण स्थगित गरेका छन्।

राजा सलमानले आफ्ना ३४ वर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमानलाई उनको उत्तराधिकारीको रूपमा मानेका छन्। उनले आफ्ना बुबासँग राज्यमा केही सुधार ल्याएका छन्।

राजा सलमान कोरोनाभाइरसको महामारीका कारण लगाइएको भौतिक दुरीको नियमका कारण केही दिनयता सामाजिक भेलामा देखिएका थिएनन्।

राज्यद्वारा सञ्चालित मिडियाले  भिडिओ कन्फरेन्समार्फत उनी कार्यक्रम तथा मिटिङमा सहभागी भएको तस्विरहरू सार्वजनिक गर्ने गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter