बिहिबार, ०६ बैशाख २०८१

प्रचण्ड र नेपालले प्रधानमन्त्रीलाई भने- राजनीतिक र कूटनीतिक कमजोरी भइसक्यो, राजीनामा दिनुस्

२ श्रावण २०७७, शुक्रबार ००:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र नेपालले यस्तो सुझाव दिएका हुन्।

सो भेटघाटमा केहीबेर महासचिव विष्णु पौडेल समेत सहभागी थिए।

‘प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो। प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।’

तीन नेताको छलफल सकारात्मक नभए पनि शुक्रबारको स्थायी समिति बैठक बोलाउनका लागि भने सहमति भएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू स्थायी समिति बैठक सामना गर्न तयार रहेको जवाफ समेत प्रचण्ड-नेपाललाई दिएका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter