शुक्रबार, ०७ बैशाख २०८१

पार्टी ह्विपविपरीत जाने सांसद स्वत: दण्डको भागी हुन्छ: बाबुराम भट्टराई

२५ असार २०७७, बिहीबार १४:२३ मा प्रकाशित

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी ह्विपविपरीत जाने सांसद स्वत: दण्डको भागी हुने बताएका छन्।

पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयपछि कतिपय मानिसबाट आलोचना गरेका बेला भट्टराईले उक्त विषयलाई क्षेत्र/लिंगका कुरासँग जोडेर हेर्न नहुने उल्लेख गरेका हुन्।

‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठीक हो। तर राष्ट्रिय-राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक/पार्टीको कर्तव्य हुन्छ,’ बिहीबार भट्टराईले गरेको ट्वीटमा भनिएको छ, ‘झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विपविपरीत जाने सांसद स्वत:दण्डको भागी हुन्छ। यहाँ क्षेत्र/लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’

गिरीले पार्टी निर्णयविरूद्ध अदालत जाने बताएकी थिइन्।

लिम्पियाधुरा सहितको नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा पार्टीले मतदान गर्ने ह्विप जारी गरे पनि गिरीले उल्लंघन गरेकी थिइन्।

पार्टीले कारबाही गरेपछि गिरीले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगमा पनि निवेदन दिएकी छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter