मङ्गलबार, ११ बैशाख २०८१

चीनले नेपाली भूमि मिचेकाे प्रतिवेदन बनाउने काे हाे? अनुसन्धान हुँदैछ, कारबाही गर्छाैं: मन्त्री ज्ञवाली

१५ असार २०७७, सोमबार १९:२१ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले, कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

साेमबार राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताए।

भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशीय सीमास्तम्भ कायम नभएको बाहेक चीनसँग कुनै ठाउँमा पनि सीमा समस्या नभएको उनले बताए।

उनले भने ‘कसरी प्रायोजित ढंगले समाचार आए? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी, कुन कारखानाबाट आए?, कसरी सर्कुलेट भए? भन्ने कुरालाई गम्भीर रुपमा लिएका छौँ।’

भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उनले बताए।

अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उनले बताए।

सन् २००६ भन्दा अगाडि ५७ र ६२ सीमा स्तम्भ हराए पनि त्यसपछि भएको संयूक्त निरीक्षणका क्रममा फेला परेको उनले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter