शनिबार, ०८ बैशाख २०८१

मानिस रोगभन्दा पहिले भोकले मर्छन्ः मुख्यमन्त्री राउत

२१ जेष्ठ २०७७, बुधबार २३:५४ मा प्रकाशित

जनकपुरधाम, जेठ २१.

प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्।

बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए।

मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा भारतसहित विभिन्न ठाउँबाट आएर बसेका व्यक्तिहरु थुनुवाको रुपमा जीवन बिताउन बाध्य रहेको बताए।

उनले स्थानीय तहहरुले बनाएको क्वारेन्टिन नभई कोरोना सार्ने थलोको रुपमा देखिएको आरोप समेत लगाए। बैठकमा उनले भने, ‘गाउँपालिका, नगरपालिकाले जुन किसिमको क्वारेन्टाइन बनाएका छन् त्यो डब्लुएचओको मापदण्ड अनुसारका होइनन् ती क्वारेन्टिन कोरोना सार्ने स्थान बन्दै छन्।’

अहिलेको अवस्थामा तीनै तहको सरकारमा समन्वय र सहकार्यको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री राउतले बाहिरबाट आएकालाई कसरी सुरक्षित राख्ने त्यसको प्रबन्ध गर्नु पर्ने आवश्यकता रहेकामा त्यस्तो हुन नसकेको बताए।

उनले संघले अहिलेको अवस्थामा अभिभावकको रुपमा निर्वाह गर्नुपर्ने भूमिका गर्न नसकेको आरोप लगाए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter