शुक्रबार, १६ चैत २०८०

सीमा विवाद तत्काल दुई पक्षीय वार्ताबाट समाधान खोज्छौं: सरकारका प्रवक्ता

९ जेष्ठ २०७७, शुक्रबार २२:३८ मा प्रकाशित

सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए।

‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं,’ मन्त्री खतिवडाले भने,‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए  त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’

पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मदभेद देखिएको छ।

केही साताअघि भारतले कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले बुधबार उक्त क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ।मन्त्री खतिवडाले नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप  परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter