शुक्रबार, १६ चैत २०८०

भारतीय मिडिया मनीषा बिरुद्ध, सामाजिक सञ्जालमा मनीषाको वाहवाही

७ जेष्ठ २०७७, बुधबार २३:३४ मा प्रकाशित

काठमाडौँ- नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ।

मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी थिइन्। विवादास्पद नक्शालाई समर्थन गरेको भन्दै भारतीर सञ्चारमाध्यमले अभिनेत्रीको विरोध गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यममा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको ट्वीटको जवाफ दिएको विषयलाई औँल्याएका छन्। उनले उक्त ट्वीटमा नेपाल, भारत र अर्को छिमेकी मूलुक चीनबीच शान्तिपूर्ण र सम्मानजनक संवाद होस् भन्ने अपेक्षा गरेकी छन्।

ट्वीटमा उनले लेखेकी छन्, ‘हाम्रो सानो मूलुको अस्तित्व कायम राखिराख्नुभएकोमा धन्यवाद ! आगामी दिनमा हामी नेपाल, भारत र अर्को छिमेकी मूलुक चीनबिच शान्तिपूर्ण र सम्मानजनक संवाद होस् भन्ने अपेक्षा राख्छौ।’

नेपालमा जन्मिएकी अभिनेत्रीले भारतलाई आफ्नो कर्मथलो बनाएकी छन्। उनले भारतीय चलचित्र क्षेत्रमा एक समय राज गरेकी थिइन्। केही वर्ष अगाडि उनलाई पाठेघरको क्यान्सर भएको थियो। उनको उपचार सफल भइसकेको छ। क्यान्सरको उपचारपछि उनी पुन: अभिनयमा फर्किएकी थिइन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter