बिहिबार, १५ चैत २०८०

नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार, भन्यो- वार्ता जरुरी

७ जेष्ठ २०७७, बुधबार २३:२६ मा प्रकाशित

नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ।

भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताए।

श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने द्विपक्षीय समझदारीविपरीत यो आएको छ, सीमाको यो कृतिम दाबी भारतले स्वीकार गर्दैन।‘

श्रीवास्तवले नेपाल भारतको पोजिसनप्रति जानकार रहेको दाबी पनि गरेका छन्। उनले नेपाल सरकारसँग ‘यो अपुष्ट दाबीबाट हट्न’ पनि आग्रह गरेका छन्। भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न पनि उनले नेपाल सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई संकेत गर्दै श्रीवास्तवले नेपाली नेतृत्वले यसबारे कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाएर सीमा विवाद सुल्झ्याउने भारतको अपेक्षा रहेको पनि उल्लेख गरेका छन्।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेख समेटिएको नक्सा जारी गरेकी थिइन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter