शनिबार, ०८ बैशाख २०८१

भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै गुलामी नस्वीकारेको राष्ट्र हो, कसैको उक्साहट चल्दैन

६ जेष्ठ २०७७, मंगलवार २१:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा  नचल्ने जवाफ फर्काएका छन्।

सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताए।

यसअघि भारतीय प्रधानसेनापति नरवानेले चीनलाई संकेत गर्दै  कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका थिए।

उनको उक्त आरोपबारे सांसदहरूले सरकारको औपचारिक धारणा के हो भनेर आजको संसद बैठकमा  प्रधानमन्त्रीको स्पष्टिकरण मागेका थिए।

‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु। हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं। कसैको दबाब/उक्साहट र निर्देशनमा चल्दैनौं,’ प्रधानमन्त्री ओलीले भने।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter