शनिबार, ०८ बैशाख २०८१

कुशल नेतृत्वको पहिचान आलोचनामा धैर्यता: अरमान हाशमी

६ जेष्ठ २०७७, मंगलवार १०:०७ मा प्रकाशित

आक्रोशमा डुबेका हाम्रो नेता
हैसियत याद दिलाउने हाम्रो नेता
केहि आलोचनाको शब्द पचाउने अयोग्य हाम्रो नेता
आलोचकलाई आफ्नो कर्मस्पष्टताको मातहतमा ल्याउन नसकने हाम्रो नेता ।
…..हामी बिर्सनु हुदैन कि सार्वजनिक तथा राजनीतिक जीवन सजिलो हुदैन । याद नराख्ने व्यक्तिलाई राजनीति गर्नु हुदैन । समाजको अगुवाको सार्वजनिक जीवनको गतिविधिसंगसँगै व्यक्तिगत जीवनको गतिविधिहरु पनि उत्तिकै मूल्यांकनको अदालतको कटघरामा हुन्छन । समर्थक र विरोधी,प्रशसंक र आलोचक,सुकर्मको लागि ताली र कुकर्मको लागि गालीको वर्षात विधिकोविधान नै हो । तर हामी कुरा खोई बुझेको हो । सरकारी नम्बर प्लेट र माननीय शब्दको सेवा पक्कै दाइजोमा आएको त होइन । यो सबै जनसेवाको लागि नै प्रदान गरिएको कुरा सर्वविदितै छ । तपाईले प्रदान गरेकको सेवामा सेवाग्राही असंतुष्ट छन भने उहाहरुलाई बुझ्ने गरी आवेशमा नआई धैर्यताका साथ स्पष्टीकरण दिनुस ताकि भ्रमको बादल फाटियोस । पद पाउनको लागि स्वर्गको टिकट पाउन झै तछाडमछाड गर्न हामी पछि हटदैनौ । के स्वयंलाई थाहा हुदैन कि हामी भन्दापनि कुशल तथा दक्ष व्यक्ति उम्मेदवारको सूचीमा छन तर हामी आफ्नो सामुदायिक भन्दा पनि व्यक्तिगत स्वार्थको निम्ति लागिपरेका हुन्छौ । इस्लामी इतिहासको पानामा के पाऊ छ भने सहाबा ( आदर्श व्यक्ति) रजि .बाट नगरेको गलतीको आरोप लागेको बेला पनि कसरी शिष्ट भएर उत्तर दिनुहुन्थ्यो बारे जान्नु जरूरी छ ।अरुको सहायताको निम्ति आफु जस्तो धातुको चोट र दंकदो आगोको भट्टीमा पाकेर बंचरो अस्त्तिवमा आएको हुन्छ । तसर्थ हामी पनि आलोचनाले कमजोर होइन बलवान बनौँ । तातो शिसा स्वभाव होइन शीतल हीरा स्वभाव बनौ । ईश्वर सत्य व्यक्तिको सहयोगी हुन । सत्यलाई परिशान गर्न सकिन्छ तर पराजित होइन । कर्मयोगी बनौ,भाषणभोगी होइन ।
यस कार्यको म प्रशंसा या आलोचना गरु । मेरो लागि यो निर्णय संकटमय भएको छ । यस महासंकटको समयमा ट्राफिक ज्युहरु अग्रपंक्तिमा भएर काम गर्नु भैरहेको कुरा सर्वविदितै नै छ । उहाहरुले सुविधा र सुरक्षा सामग्री पाउनु उहाहरुको अधिकार हो । हामी सबै जनता उहाहरुको कार्य प्रति अभारी छौ ।
राम्रो कामको पनि दायरा र मर्यदा हुन्छ । एउटै निकायले सबै राम्रो काम गर्नु कति को वैज्ञानिक र न्यायिक हुन सक्छ भन्ने कुरा विचारनीय हुनु पर्छ ।
मेरो चिन्ताको विषय आयोगको काम कर्तब्य प्रति हो । आयोगको स्थापना के को लागि ? उता ग्रामीण क्षेत्रका बासीहरु साबुन र मास्कको उचित व्यवस्था नभएको हुनाले माटो , खरानीले हात धुन र बिना मास्क बस्नु पर्ने बाध्यता भएको छ । उनीहरुको समस्या संबोधन गरी दिनको लागि के अब अर्को आयोगको स्थापन गर्नु पर्छ ?
आ-आफ्नो काम कर्तब्य र उद्देश्य प्रति मऱ्यादित भएर निष्ठा तथा समर्पणको साथ कर्म गर्नु नै कुशल र दक्ष व्यक्तित्वको पहिचान हो । संघिया लोकतांत्रिक गणतंत्रको आत्मालाई जीवित राख्न,कुर्सीमा आशिन राजा होइन,कर्मस्थलको सेवक चाहिएको छ । समालोचना र आलोचना दुबै तत्व मिलेर समाज र सरकारलाई मर्यादित बनाउन सहयोग गर्दछ ।

अरमान हाशमी

ग्रामीण विकास मा स्नातकोत्तर अध्ययनरत
त्रिभुवन विश्वविद्यालय

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter