शुक्रबार, १६ चैत २०८०

वैदेशिक रोजगारीबाट फर्किने लाखौं युवाबारे नीति कार्यक्रम मौन

३ जेष्ठ २०७७, शनिबार १२:३४ मा प्रकाशित

काठमाडौँ-सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम वैदेशिक रोजगारीमा रहेका लाखौं युवाका बारेमा मौन सबेको छ।

कोरोना भाइरसबाट मानव स्वास्थ्यमा ठूलो असर पुगेको र यसले अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गरिए पनि विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी गुमाइन स्वदेश फर्किन सक्ने संभावनालाई पुरै नजरअन्दाज गरेको छ।

नेपालबाट अहिले ४० लाख हाराहारी व्यक्तिहरु वैदेशिक रोजगारीमा रहेको र महामारीका कारण आर्थिक मन्दी आइ रोजगारी गुम्ने पक्षेण भइरहँदा सरकारले भने त्यसलाई पूरै बेवास्ता गरेको छ। वैदेशिक रोजगारीबाट चालु आर्थिक वर्षमा जिडिपीमा २३ प्रतिशत योगदान दिएको छ।

केही दिनअघि मात्र श्रम तथा रोजगार मन्त्रालयले संसदको अन्तराष्टिय सम्बन्ध समितिमा पेश गरेको विवरणमा तत्कालै ६ लाख युवा रोजगारी गुमाइ स्वदेश फर्किन चाहने अवस्थामा रहेको तथ्य पेश गरेको थियो। मन्त्रालयले कोरोना महामारी रोकथामका लागि विश्वभर नै लकडाउन लम्बिदै जाँदा लाखौं नेपाली युवा बेरोजगार भएर स्वदेश फर्किन सक्ने जानकारी गराएको थियो।

राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पौने तीन घण्टा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी थिइन्।
संसदको दुवै सदनमा बजेटका प्राथामिकता तथा सिद्धान्तमाथि भएको छलफलमा सांसदहरुले वैदेशिक रोजगारीमा रहेका नेपालीको रोजगारी गुम्ने भएकाले उनीहरुलाई रोजगारी दिने बारे ठोस योजना बजेटमा ल्याउन सुझाव दिएका थिए।

प्रिबजेट छलफलमा बोल्न लगभग शतप्रतिशत सांसदको सुझाव नै वैदेशिक रोजगारीबाट फर्किएको जनशक्तिलाई रोजगार मूलक बनाउने कार्ययोजना ल्याउन आग्रह गरेका थिए। उनीहरुले त्यो श्रम शक्तिलाई कृषिमा आकर्षित गर्ने खालको कार्यक्रम समावेश गर्न सुझाएका थिए।

तर शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीमार्फत सरकारले पेश गरेको नीति तथा कार्यक्रममा त्यसबारे कुनै विषय नै उल्लेख गरिएको छ। बुँदा नम्बर ४ मा विश्व अर्थव्यवस्थामै कोभिड १९ कारण धक्का लागेको, रोजगारी गुमेको उल्लेख भए पनि त्यसबाट नेपाली श्रम शक्तिमा पर्ने प्रभाव र उनीहरुको व्यवस्थापन लागि के गर्ने भन्ने २७६ बुँदे नीति तथा कार्यक्रममा कहीँ पनि केही लेखिएको छैन।

उक्त बुँदामा भनिएको छ, ‘कोभिड १९ ले सबै देशको अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको छ। विश्व पर्यटन तथा आवागमन अवरुद्ध छ। उद्यम व्यवसाय बन्द प्रायः छन्। उत्पादन र वितरण प्रणाली गम्भीर रुपमा प्रभावित भएको छ। लाखौंको रोजगारी गुमेको छ। दिगो विकासको लक्ष्य प्राप्तिमा ठूलो व्यवधान खडा भएको छ।’

प्रमुख प्रपिक्ष दलका नेता शेरबहादुर देउवाले नीति कार्यक्रम नचाहिने विषय समेटर खण्डकाव्य जस्तो लामो बनाएको टिपप्णी गरे। संसद भवनबाट बाहिरिने क्रममा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘खण्डकाव्य जस्तो लामो मात्र भयो। चाहिने चाहिने कुरा मात्र लेखेर ल्याएको भए हुन्थ्यो। चाहिने कुरा छुटेको छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter