मङ्गलबार, ११ कार्तिक २०७७

कोरोना युद्धको अग्रपंक्तिमा नर्स: बिश्व र नेपाल को नर्सिङ इतिहास

सल्मा बेगम(स्टाफ नर्स) काठमाडौ

१ जेष्ठ २०७७, बिहीबार २२:५२ मा प्रकाशित

कुनै पनि ब्याक्तीलाई प्राकृतिक रुपले उच्च सम्भाबित अबस्थामा स्वास्थ बहाल गर्न वा संरक्षण गर्ने,रोग वा चोटपटक को रोकथाम हेरचाह गर्ने सेवा दिने पेशा नै नर्स हो” फ्लोरेन्स नाइटिङेल
समान्य भासामा भन्नू पर्दा नर्सिङ येउटा कलाको बिज्ञान हो जस्ले आफ्नो ज्ञान ,दछ्यता,र निश्चित मर्यादा भित्र रहेर सेवाको भावले कुनै पनि बिरामी ,घाइते र समस्या मा परेका ब्यक्तिको हेरचाह गर्ने भन्ने बुजिन्छ।यस्को साथै नर्स याउटा संबेदनसिल मुद्दा पनि हो जस्ले संबेदनसिल अबस्थामा रहेका बिरामी ,धेरै नै कमजोर र असाहयहरु सङ विशेष न्यायोचित ढंग ले दया को भाब समर्पित गर्नु पर्ने हुन्छ,तर नर्स र यस्को परिभाषा यतिमै मात्र सिमित छैन,आज को समय मा नर्सिङ पेशा को दायरा र माग व्यापक रूपमा फैली सकेको छ।

अस्पताल को सैयामा रहेका बिरामी को सेवा र उपचार मा सहयोग गर्ने मात्र नभै ब्यक्ती, परिवार र समाज देखि लियर बिधालय लगायत स्वास्थ क्षेत्र को हरेक अङ मा नर्सिङ को माग र पहुँच पुगेको देख्न सकिन्छ।यउटा नर्स ले नबजात शिशु लाई धर्ती मा ल्याउन सहयोग गर्ने देखि लियर मृत्युवरण गरिसकेका सरिस को हेरचाह गर्ने गर्छिन।प्रसबपीडा मा छट्पटी रहेकी आमा को स्याहार,उस्बाट जन्मेको शिशु को स्यहार, आमा बच्चा को जीवन रछ्या को जिम्मेवारी ,विभिन्न रोगब्यादी र समस्या मा परेका ब्यक्ति बालक देखि वृद्ध सम्म का, सबैको स्वास्थ उपचार ,परामर्श ,आपत बिपत ,प्रकोप, माहामारी को समय को बिरामी को उपचार तथा उद्दार,सरुबा रोग नियन्त्रण रोकथाम ,प्रजनन स्वास्थ ,परिवार नियोजन,पोसन बाल स्वास्थ ,मानसिक स्वास्थ ,इत्यादि स्वास्थ का हरेक छेत्रमा नर्सिङ को आबस्यक्ता हरेको हुन्छ, अझ भनौ नर्सिङ को छेत्र को ब्यापक ता उल्लेखनीय स्थान मा पाउन सक्दछौ। साथै ज्ञान,सीप र योग्यता को प्रशिक्षित भइ ,कुसल बानी व्यबहार ,करुणामय बोली वचन,सहनसिलता सछ्यम नर्स को लागि अत्यावश्यक हुन्छ।

May 12विश्व भरिका नर्सहरु ले विशेष महत्त्व का साथ मनाउने दिन,अर्थात नर्सिङ पेसा को सस्थापक फ्लोरेन्स नाइटिङेलको जन्म भयको दिन।उन्को जन्म सन 1820मा इटाली को फ्लोरेन्स शहर मा भयको थियो।उन्लाइ हामी आधुनिक नर्सिङ पेसा का सस्थापक भनेर पनि चिन्दछौ।सन 1853 मा संयुक्त रास्ट्र ब्रिटिस र फ्रान्सेली सेनाहरु ओटोम्यान क्षेत्रको नियन्त्रण को लागि रुसि सम्राज्य को बिरुद्ध मा भयको लडाइ जस्लाइ हामी कृमियन को युद्ध भनेर पनि बुज्दछौ उक्त लडाइ मा घाइते भयका सिपाइहरुको उपचार र सेवा को निम्ति हात मा बत्ति लिगेर थोरै स्रोत र साधन को पश्चात् पनि दिन रात बिरामी को घाउ, उनिहरुको आराम,खानपिन,सरसफाइ,र अन्य रोगहरुको संक्रमण हुन नदिन विशेष सेवा र सुरक्षा प्रदान गराइ गरिब तथा पीडितको सुरक्षा निकै नै करुणामय तबर ले गरि लामो समय उनीहरुकै रेखदेख मा समर्पण गरेकी उन्लाइ Lady With The lamp पनि भन्ने गरिन्छ।

त्यसै गरी नाइटिङेलले बिरामी र घाइते को सेवा मात्र नभई नर्सीङ क्षेत्रलाई प्रभावकारी र अनिवार्य रूपमा पेशा को रूपमा स्थापना पनी गरिन्।उनी भन्दा अगाडि नर्सहरुलाई महत्वहिन र कम दार्जाका ठानदथे,किन कि उनीहरू प्रशिक्षित थिएनन् अनुभव को आधा मा मात्र सेवा गर्ने गर्दथे।तर उनले गरेको अथक प्रयास ले नर्सिङ पेशा लाई सम्मानजनक र प्रशंसायोग्य पेसा मा परिणत गरिदियो जसले नर्सिङशिक्षा र यसप्रतिको उत्तरदायित्वलाई रोजगार मा समावेश गरिदियो। क्रीमियन नर्सकै रूप मा रहँदा त्यहाँ को सैन्य अस्पताल को खस्किएको तथा दयनीय अवस्था को मध्यनजर गरी अस्पताल सुधार, सरसफाई , ड्रेनेज,भेन्टिलेसन आदि को उचित ब्यबस्थापन समेत गरेको थिन,उनको यो प्रयासले तात्कालीन युद्द को समयमा मृत्युदर घाटउन सहयोग भएको थियो ।
नाइटिङ्गेल ले सन् १९६०मा Notes of Nursing शीर्षक मा पहिलो पाठ्यपस्तक लेखेर नर्सिङ्ग शिक्षा को स्थापना गरेकी हुन्,उक्त पुस्तक मा नर्सिङ पेशका सिद्धान्तहरु, नियमित हेरचाहका बिधि,रोग हरुको व्यवस्थापन,बिरामीका रोगको लक्षण अनुसार आबस्यक हेरचाह,त्यसै गरी स्वच्छ हावा पानी,पौष्टिक आहार , सरसफाइ आदि को विषय एउटा सक्षम नर्सले सिक्नु पर्ने र जान्नु पर्ने अति आवश्यक विषय वस्तु उक्त पुस्तक मा लेखिएको थियो।यसको साथै उने नर्सिङ क्षेत्र मा व्यवसायिक शिक्षा र प्रशिक्षण सुरुवात गर्दै सन् १९६०मा पहिलो नर्सिङ्ग विद्यालय खोलिन्।
नेपाल को नर्सिङ्ग इतिहास हेर्ने हो भने विसं १९४७ मा 15 सैया को वीर अस्पताल को स्थापना पछि नर्स को आबस्यकता महसूस हुन गएको हो। तत्कालिन्बआबस्यकता मध्य नजर गर्दै वि सं 1985 मा नेपाल बात 4 जना लाई 18महिले midwife course लागि इंडिया पठाइयो।त्यस पछि वि स 2009 (1952AD)मा नेपाल बाट पुन 2 जना स्वर्गिय डा.उमा देवी दास र रुकमी चरन श्रेष्ठ लाई 3वर्ष 9महीने course को लागि इन्डिया पठाइएको थियो। उहाँहरु आफ्नु अध्यान पूरा गरेर बि स 2013(1956AD ) र 2014 (2057AD)साल मा नेपाल फर्किनु भयो यसरी नेपाल को इतिहासमा स्वर्गिय डा उमा देवी दास लाई नेपाल को पहिलो नर्स को रूप मा मान्दै आयता पनि सन 2017 may 1 मा स्वर्गिय लामु अमात्य ज्यूले सन् 1954 मा कोलकोटा बाट नर्सिङ्ग विषय पास गरेको प्रमाणित भयपछि हाल स्वर्गिय लामू अमात्य नै नेपाल को पहिलो नर्स मान्ने गर्दछौं ।यसरी नेपाल को पहिलो नर्सिङ कलेज महाराजगञ्ज नर्सिङ्ग कलेज (हाल यहि नाम रहेको) वि सं 2013 सालमा स्थापना भएको हो। 2016 सालको तथयाङ्क हेर्ने हो भने नेपाल मा 38759 स्टाफ नर्स र 26518 अनामी रहेको छ र बर्सेनि लगभाग 6000नर्स उत्त्पादन हुने गरेको छ।

विश्व इतिहास लाई हेर्ने हो भने हरेक प्रकारका भयावह अवस्था महामारी,प्रकोप, दुर्घटना हरेक दुःखद परिस्थिमा उद्धार को लागि खटिने नर्स नै हुन्छन्।हामी ले २०७२साल महाभुकम्प को घटनालाई स्मरण हो भने पनि घाइते भयका बिरामी को उपचार र रेखदेख मा नर्सहरू नै खटेका थिए, अस्पताल भवन थिएनन्, औषधि उपचारका साधनहरु पुरिएका थिए,खानलाई खाना थिएनन् पानी थिएनन्, कोहि खुल्ला आकाश त कोहि तृपाल मुनि नै ,आफ्ना घर परिवारलाई बिर्सेर घाइते र बिरामी को उद्दार का निम्ति आफ्नै ज्यान को बाजी लगाई खटिएका थिए। एतिहासिक रूपमा जस्तै आज पनि नर्सहरू कोरोना महामारी विरुद्द अग्रस्थान मा उभिएका छन्।उच्च ,गुणस्तरिय र सम्मानजनक उपचार र हेरचाह प्रदान गर्दै विश्व समुदयलाई लाई स्वस्थ्यसुरक्षा प्रदान गरिरहेको छन्।
कोरोना संक्रमणको डरले घर भित्र नै लकडाउन अबस्थामा मा बसेका मानबजगतलाई यउटा सहसी नेतृत्वमा , विश्व जगत को सुरक्षाकै निम्ति उनीहरु मैदानमा उत्रिए का हुन।नर्स लगायत अन्य स्वास्थकर्मी को बिना सहयोग हामी प्रकोप विरुद्धको लडाइँ जित्न सक्दैनौ,दिगो बिकास को लछ्य वा विश्व ब्यापी स्वास्थ कभरेज कदापि हासिल गर्न सक्दैनौं ।यसरी covid 19माहामारी नियन्त्रणमा मेरुदण्डको भुमिका निर्बाह गरिरहेका नर्सहरु लाई हौसला र मनोबल उच्च राख्न सहयोग गर्नु हाम्रो कर्तव्य हो।
समस्या नै समस्यामा रहेका नर्सहरुको आवाजहरु हरेक समय गुमनाम भयता पनि अब नर्स हरुका आबस्यकता र समस्याहरुहरु प्रती सरकार जबाफदेही हुनुपर्छ, यस्तो माहामारिको समयमा पनि नर्सहरुलाई मानसिक तनाबले हतात्साहित पार्ने लान्छनाहरु लगाइयका घटनाहरु यदाकदा सुनियता पनि, अब येस्तो घटनाहरु देहोरिनु हुदैन,माहामारी को समयमा काम गरि रहेका नर्सहरुलाइ डेरा बाट निकाल्ने, अस्पतालले आर्थिक भार उठाउन नसकेको बाहाना मा बेतलबी बिदामा राख्ने, नर्सहरुलाई पर्याप्त ब्यक्तिगत सुरक्षा कवज उपलब्ध नगराइदिने, तलब भत्ता हरु समय मा नदिने जस्ता क्रियाकलापको अन्त्य हुनु जरुरी छ।सस्था भित्र पनि थाइ र करार का कर्मचारी ,सरकारि र निजि कार्यलयका कर्मचारी ,सिनियर र जुनियर, लगायत का बिभेदपूर्ण अबिब्यक्तीहरु अन्त्य हुनु पर्छ।सम्पुर्ण नर्स येकै हुन र उनिहरुका आबस्यक्ता समानरुप ले पुर्ती गराइ नर्सिङ जगत मा यकरुपता ल्याउनु पनि आज को आबस्यकता हो। यस्तो समय नेपाल सरकारले स्वथ्य क्षेत्रमा कार्यरत नर्स लगायात सम्पुर्ण स्वास्थकर्मीको लागि विशेष नीतिनियम बनाउनु जरुरी छ, जस्ले गर्दा मर्यादित ढंगले कर्मनिस्ठ भै प्रकोपको लडाइँमा नर्सहरु उत्रन सकुन।नेपाल सरकारले नर्सहरुको व्यावसायिक सुरक्षा विशेषगरी ब्यक्तिगत सुरक्षा उपकरण PPE मा पहुच पुराउनु पर्छ,नर्स हरुको सारिरिक र मानसिक स्वास्थसुरक्षाको समर्थन गर्दै समयमै तलब,बिरामी बिदा,स्वास्थ बिमा साथसथै COVID 19को upto date ज्ञान र मार्गनिर्देशन मा पहुच बडाउनु पर्दछ।यसरी अहिले मात्र नभइ भबिस्यमा हुन सक्ने प्रकोप नियन्त्रण र प्रतिकुल अबस्थामा उभाउन सक्ने आत्मबल बडाउने खालका योजनाहरु ल्याउनु पर्छ।बिगत को समय भन्दा अहिले नर्स र midwives को अबस्यकता र माग लाई ध्यानमा राखेर सरकार ले नर्सहरुमा लगानी , नर्सिङ रोजगार ,नर्सिङ शिक्षा ,र नेतृत्व मा लगानी बडाउनु पर्ने आज को आबस्यकता हो ।
याद रहोस येउटा नर्सले गर्ने काम ले ब्यक्ती मात्र नभइ सिङो समुदाय र रास्ट्रलाई नै असर गरिरहेको हुन्छ।येउटा नर्स यदि कोरोना संक्रमण भइहालेमा यउटा ब्यक्ती मात्र होइन, उसका सहपाठी ,घर परिवार ,उस्ले सेवा दिने बिरामी ,बिरामी कुरुवा हुदै रास्ट्रले नै ठूलो नोक्सानी ब्यहोर्नु पर्ने हुदा, सहि र कुसलता पुर्बक नर्स को आत्मबल बढने व्यबहार गर्न सबै मा अनुरोध गर्न चाहान्छु।हामिले आफ्नो ठाउँ बाट गर्न सक्ने जति नर्स लाई सहयोग गरुम । सार्बजनिक स्वस्थ्य को रक्षाका निम्ति अपरिहार्य नर्सहरुको समर्पण र प्रसंशायोग्य काम को लागि धन्यवाद दिदै अन्तरास्ट्रिय नर्सिङ दिबस ,”नेतृत्व का लागि आवाज:बिश्व स्वस्थ्य को लागि नर्सिङ सेवा” भन्ने नारालाइ सफल पारौं फेरि पनि अन्तरास्ट्रिय नर्सिङ दिबस को सुभकामना।
नर्स हुनुमा गर्व छ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter