बुधबार, १२ बैशाख २०८१

एकबाट अर्को जिल्ला जान नपाइने, गृहले रद्द गरिदियो सबै पास

१ जेष्ठ २०७७, बिहीबार २२:३५ मा प्रकाशित

गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ।

जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको बताए।

‘सबैखाले पास रद्द गरिएको छ,’ उपसचिव अधिकारीले भने, ‘७७ जिल्लाले जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको छ।’

सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए।

‘उपत्यकाको हकमा पनि यो नियम लागू हुन्छ। एकअर्को जिल्ला जान मिल्दैन,’

काठमाडौं उपत्यकामा बिहीबार दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

चन्द्रागिरि नगरपालिका एक र कपिलवस्तु घर भएकी टिचिङमा उपचारका लागि ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमित संख्या वृद्धि हुन थालेपछि गृहले बिहीबार उपत्यकाभित्रका तीनै जिल्लाका सुरक्षा प्रमुख, मेयरहरू, प्रमुख जिल्ला अधिकारीहरू, ट्राफिक प्रहरी प्रमुखलगायतसँग छलफल पनि गरेको थियो।

लकडाउनलाई थप कडाइ गरेर जानुपर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेको छ। जसअनुसार आजदेखि उपत्यका भित्रने/बाहिरिने नाका र भित्री सडकमा पनि सुरक्षाकर्मीले चेकजाँचलाई तीव्रता दिनेछन्।

‘आज गृहमा समीक्षा बैठक बसेको हो। लकडाउन भनेकै कडा हुन्छ यसलाई थप प्रभावकारी बनाउने भन्ने छलफल भयो,’ उपसचिव अधिकारीले भने।

गृह मन्त्रालयका अनुसार परिचय पत्र भएका पत्रकारलाई आवागमनमा समस्या हुने छैन।

एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक/नर्स/फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन/ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।

तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter